मानव बस्ति नजिकै चितुवा आएपछि गाउँमा मच्चियो कोलाहाल (भिडियो)

पछिल्ला दिनमा मानिसहरुको भीडभाड हुने ब्यस्त सहरमै चितुवा देखिन थालेका छन्।

गत शनिवार बनेपा नगरपालिका वडा नं १, पाडे गाउँको नजिकै जङ्गलमा अचानक चितुवा देखा परेपछि कोलहाल मच्चिएको थियो। चितुवा गाउँको नजिकै पसेको खबर पाए लगत्तै स्थानियवासिन्दाले प्रहरीलाई खबर गरेका थिए। खबर पाएको करिब दुईघण्टा पछि प्रहरीको टोली उक्त स्थानमा पुगेको थियो ।

स्थानीय वासिन्दाका अनुसार, शनिबार विहान ७ बजेको समयमा नजिकैको जङ्गलछेउमा चितुवा देखिएको थियो । उक्त समय देखि उद्दार टोली नआएसम्म चितुवा छटपटाइरहेको थियो। साँझ ५ बजेपछि जनावर रेस्क्यु टिम आइपुगे ।

बस्ति नजिकै झाडीस्थित घाइते अवस्थामा भेटिएको चितुवालाई जनावर रेस्क्यु टिमद्वारा उद्दार गरियो।

हेर्नुहोस भिडियोमा