गुल्मी चन्द्रकोट ८ किसिकोटमा खाने पानीको चरम अभाव, केही पहल गरिदिन सरोकारवालासंग स्थानिय बासीको आग्रह भिडियोमा हेर्नुहोस

महेश बोहरा,

गुल्मी जिल्लाको चन्द्रकोट ८ मा रहेको किसिकोटमा खानेपानीको चरम अभाव भएको छ । गर्मीयाम सुरु भएसंगै पानीका मुलहरु सुक्दै गएपछि पानीको समस्या परेको स्थानियबासीले बताएका छन ।

आज भन्दा केही बर्ष पहिले प्रशस्तै पानीका मुलहरु भए पनि २०७२ सालमा आएको बिनाशकारी भुकम्पले पानीका मुलहरु सुक्दै जान थालेको स्थानिय दल बहादुर थापाले बताए । बिकट ठाँउमा थोरै घरदुरी भएकाले पनि स्थानियबासीलाई अझै समस्या थपिएको छ ।

यस भन्दा पहिलेको सरकारको पाला करिब १ करोड १३ लाखको लगानीमा पञ्च बर्षिय लिफ्टिक खाने पानीको बजेट परे पनि पहिलो चरण अन्र्तगत जम्मा १० प्रतिशत मात्र काम पुरा भए पनि त्यो योजना भने सरकार परिर्वतन संगै तुईएको छ । सोही योजनालाई पुरा गरिदिए पनि ठुलो राहात पुग्ने स्थानियले बताएका छन ।

नेकपा का वडा सचिव बाबुराम बोहराले यस सम्बन्धी गाउपालिकामा गएर कुरा गर्ने बताएका छन । त्यहाँका स्थानियहरुले पनि पानीको मागलाई अब जोडदार रुपमा उठाउने बताएका छन ।

हेर्नुहोस बिस्तृत जानकारी सहित तलको भिडियो यात्रा अनलाइन टिवीले तैयार पारेको ।