पथरीमा ‘पुरानो बुलेट’को च्यारिटी शो, अनुप र मालाले पाए दर्शकबाट राम्रो प्रतिकृया

पथरी । चैत १ बाट रिलिज हुन लागेको चलचित्र ‘पुरानो बुलेट’को पथरीमा च्यारिटी शो गरिएको छ । केही दिन अगाडी पथरीको कञ्चन चलचित्र मन्दिरमा च्यारिटी शो गरिएको थियो । च्यारिटी शोमा सिनेमा हेरेका सबै दर्शकहरुले ‘पुरानो बुलेट’लाई राम्रो प्रतिकृया दिएका छन् ।

च्यारिटि शोमा ५ सय दर्शकले फिल्मका नायक, नायीका र निर्देशक, कार्यकारी निर्माता र अतिथिसँगै फिल्म हेरेका थिए । फिल्मको मध्यन्तर पछि सिनेमाका मुख्य कलाकार अनुविक्रम शाही, माला लिम्बू र निर्देशक भिषण राई पनि दर्शकमाझ फिल्मको बारेमा प्रष्टाएका थिए ।

क्रेजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको सो फिल्म गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थको लागी पथरीमा च्यारिटी शो गरिएको कार्यकारी निर्माता सन्तोष राईले बताए ।

पूर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मलाई पथरीमा दर्शकले सोचेको भन्दा धेरै राम्रो भएको बताएका छन् । हलबाट निस्किने क्रममा उनीहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् । नायक अनुपबिक्रम र मालाले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि फिल्मबाट निक्कै उत्साहित भएको बताए ।

पथरी च्यारिटि शोमा समग्र चलचित्रले पाएको राम्रो प्रतिकृयाबाट चलत्रित्रका कार्यकारी निर्माता सन्तोष राई चैत १ गतेलाई लिएर उत्साहित रहेको बताए । सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘पुरानो बुलेट’को वर्लड प्रिमियर शो हङकङबाटपनि उस्तै राम्रो प्रतिकृया पाएको थियो ।

औपचारीकरुपमा सुरु भएको फिल्मलाई नगरका प्रमुख दिलिप कुमार राईले रिवन काटेर शो को उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष बाबुराम एक्देन, १० नम्बर वडाध्यक्ष सागर राई, ६ नम्बर वडाध्यक्ष जय तामाङ, धनकुमार तामाङ,कमल हाङबाङ लगाएतले सहभागी भएका थिए ।

चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा–पटकथा निर्देशक स्वयम भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।

हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहेको छ । यस चलचित्रको कोरियोग्राफी प्रसान्त तामाङको रहेको छ ।