फेसबुकमा जातीय गाली गर्नेलाइ सामाजिक संजालबाटै कारवाही गर्ने सरु सुनारको कडा चेतावनी

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आजको बिषय छ सामाजिक संजालमा जातीय गाली गलोज गर्नेलाई सामाजिक संजालबाट कारवाही गर्ने समेत उनले भनेकी छन् ।

फेसबुकको स्टाटस जस्ताको तस्तै ;
सामाजिक संजालमा जातीय गाली गलोज गर्नेलाई सामाजिक संजालबाट कारवाही गरि नङ्गाउनी हो अब अबको जातीय विभेद र छुवाछूत विरुद्धको अभियान फरक तरिकाबाट बढने छ , इन्टरनेट प्रयोग गर्ने देश बिदेशमा बस्ने बुझ्ने युवाहरुले पनि सामाजिक संजालमा जातीय गाली गलौज र अपमान जनक सब्दहरु लेख्ने , अहिले पनि जात देखायो, सानो जातको सानो बुद्धि , जस्ता हरेक जातीय अभिब्यक्ती लेख्ने कमेन्ट , पोस्टहरु गर्ने धेरै देखिएको छ अबको छुवाछूत विरुद्धको अभियान सामाजिक संजालमा लेख्नेहरुलाइ सामाजिक संजालबाट नै कारवाही गर्ने हो । अनि गाउँ समाज र नेपालमा जातीय विभेद गर्नेका विरुद्ध अब एउटा स्पिड अनि एक्सनमा जानी हो , एक्सन के हो भन्दा हामी बोल्ने , प्रतिकार गर्ने ,..हो ।।

अब पनि हामी बोल्न र प्रतिकार गर्न सकेनौ भने यहाँ नबुझ्नेले होइन जाने बुझेर हाम्रो समुदायलाई हेप्नै पर्छ भन्ने मानसिकता अझै बढने छ । दलितका नेता, दलित समुदायबाट जाने दलित सांसदले गरेनन् बोलेनन् भनी हामी चुप लाग्ने होईन अबको यो विभेद विरुद्ध हामी बोल्ने हो , राज्यलाई जिम्मेवार बनाउने हो। अबको दलित आन्दोलन युवाले नेतृत्व लिनु पर्छ र फरक तरिकाबाट बढनु पर्छ । अब हामी उठौ हामी जागौ त्यसैले हातेमालो गरौ । म तयार छु अनि तपाईं नि ?