गुल्मी भार्सेको अर्गानिक दोहोरी ‘चरी फुल पार्यो दुई दिनको मायाले क्यारी भुल पर्यो’ (भिडियो सहित)

कमल खत्री,

यो श्रब्य दृश्य सामग्री भार्से परिवार भार्से र रानीबन होम स्टे का दाजु भाइ दिदि बैनी हरु को संयुक्त उपस्थिति र देश बिदेस तथा भार्से निवासी ऋषि भाइ को सहयोग प्राप्त भए पछि गुरु कृपा डिजी टेक को ब्यानर मा भार्सेली ठाडो भाका दोहोरीको छायांकन भएको हो !

मौलिक संस्कृति अनि बिबिधता ले भरिपुर्ण सत्य्बती गाउपलिका भार्से को यो बेजोड प्रस्तुति को छायांकन कमल खत्री र ऋषि भाइ ले गरेका हुन् गाउघर मा भएका मौलिक संस्कृति लोप हुदै जाने क्रम मा एस को संरक्षणको लागि देश विदेश मा रहनुहुनें युवा हरु को संयुक्त लगानी मा यो भिडियो तैयार भएको निर्माण समिति ले जनाएको छ !

भार्से को मनोरम ठाडो भाका नेपाल कै अर्गानिक दोहोरी भयको उपस्थित बुजुर्ग बुवा आमा हरु ले भन्दै हुनुहुन्थ्यो !

निकै नै लोभ लाग्दो मगर पहिरन मा उपस्थित दाजु भाइ दिदि बहिनी हरु पनि परि र कुमार भन्दा कम देखिदैनथे ! देश मै एस्ता संस्कृति लोप हुन नदिन भार्से बासि आमा बुवाको निकै उल्लेखनिय भूमिका रहेको बताउदै हुनुन्थ्यो भार्से निवासी ऋषि बिश्वोकर्माले भार्से बासि को यो पहिलो अनि अर्गानिक प्रस्तुति ठाडो भाका ( चरी_फुल _पार्यो ) तपाइँ हरु को लागि मन पर्यो भने सेयर गर्न नभुल्नुहोला :

भिडियो सामग्री