आनन्द र अलौकिक खुसी मिल्ने ठाउँ स्वर्ग गुल्मी नपुगेकाहरुले पनि अब देख्न सक्छौ (म्युजिक भिडियो)

स्कटनेपाल युके,

हामीले सुनेको सर्बाधिक सुख, आनन्द र अलौकिक खुसी मिल्ने ठाउँ स्वर्ग । कसैले हामिलाई भनिदियो, हामि पत्याईरहेछौ तर अझै छौ बेप्रमाण । स्वर्गको कल्पना गरेको हामीले यहि प्रिथ्वीमै भेट्न सक्छौ स्वर्गको एक टुक्रा । नेपाल देशको एक सुन्दर जिल्ला गुल्मी । गुल्मीमा जन्मेकाले देखेकै छौ, पुगेकाले घुमेकै छौ । तर नपुगेकाहरुले पनि अब देख्न सक्छौ ।

प्राकृतिक सौंदर्यताले भरिपूर्ण गुल्मीको विशेषता लाई गीत संगीत माध्यम प्रयोग गरी म्युजिक भिडियो सार्बजनिक भएको छ । सोभाखर पन्थ र दिपक परियारको गुल्मी चिनाउने रोइला गित एल्बम ‘गुल्मी’मा गायक दिपक परियार र स्वस्तिका पन्थको आवाज रहेको छ भनी संगीत दिपक परियार आफैले दिनु भएको छ ।

यस अतिनै उत्कृस्ट शैलीमा बनेको म्युजिक भिडियोको शब्द रचना प्रेम राज खरेल लगायत दिपक परियार को रहेको छ । छायाकन विजय पोख्रेलले गर्नु भएको छ भनी निर्देसन शिव बिकको रहेको छ । लोभ लाग्दो दृश्यहरु बोकेको यस भिडियोमा पुञ्ज श्रेष्ठ, सुर्य खड्का र मन्जरी गौतमको अभिनय रहेको छ भनि रबिन बिक र रमेश रसाइलीको सम्पादक रहेको छ ।

बाकी जानकारीको लागी भिडियो हेर्नुहोला :