घरेलु हिंसा बिरुद्धको “अब त म बोल्छु” भिडियो मेलबर्नमा सार्वजनिक

दिदी-बहिनी समाज भिक्टोरियाले ११० औं अन्तराष्ट्रिय नारी दिवस मनाउने क्रममा मेलबर्नको ग्लेनरोइमा आयोजना गरेको एक कार्यक्रमको बीच घरेलु हिंसा बिरुद्धको १० मिनेट १३ सेकेण्डको “अब त म बोल्छु” जनचेतना मूलक लघु सामाजिक चलचित्र सार्वजनिक गरेको छ । यस किसिमको भिडियो बनाउने अबधारणा बर्षा केसी राजभण्डारीले ल्याएपस्चात उक्त चलचित्रको लागि स्क्रिप्ट कमला चालिसे हुमागाईंले तयार गर्नु भएको थियो । मुख्य भूमिका ज्ञानेन्द्र उप्रेती र बर्षा केसी राजभण्डारीको रहेको उक्त भिडियो निर्माणको लागि निर्देशनको भूमिका जीवन रसाइलीको रहेको छ भने सो भिडियो निर्माणको लागि आर्थिक सहयोग एभरेस्ट भ्यू ट्राभलको रहेको छ ।

वेस्टर्न मेट्रोपोलिटन रिजनबाट पार्लियामेन्टका लागि स्टेट मेम्बर कौसल्या भागेला, मोरल्याण्ड सिटी काउन्सिलका काउन्सिलर हेलेन डाभिड्सन, डा चन्द्र दीपक पोखरेल, डा तारानाथ पाण्डेले मन्तब्य ब्यक्त गरिएको उक्त कार्यक्रममा दिदी-बहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुलीले स्वागत मन्तब्य दिएका थिए भने सचिब शोभा लम्सालले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा थुप्रै स्थानिय कलाकारहरुद्धारा नाचगान गरेका थिए । कार्यक्रम सन्चालन गीता क्षेत्री र काजल किरणले गरेको उक्त कार्यक्रममा पार्बती पहारी, उत्तम पन्त, सुशिल चालिसे आदिले कविता एबं मुक्तक बाचन गरेका थिए भने बर्षा केसी राजभण्डारी र कमला चालिसे हुमागाईंले तयार गरिएको लघु सामाजिक चलचित्रको बारेमा प्रकाश पारेका थिए ।