मान्छे सुन्दर जब हुन्छ उसको मन अनि बिचार सुन्दर हुन्छ : सरु सुनार

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन।

”मान्छे सुन्दर जब हुन्छ उसको मन अनि बिचार सुन्दर हुन्छ,
आफ्नो लागि त जनाबर , चराचुरुङ्गी पनि बाचेको छन्।
जिबनको वास्तविक बाच्नुको अर्थ त्यतिबेला थाहा हुन्छ , अनि आफ्नो जीवन नै छोटो लाग्छ कि हामी आफ्नो लागि भन्दा दुखी पीडित र असाहको सहारा बन्न कोसिस गर्छौ !!

जिबनमा यति बेला खुसी लाग्छ जतिबेला आफुले कोसिस गरि एउटा पीडितले न्याय पाउछ , एउटा असहायले खान पाउछ ।
त्यो खुसी संन्सारमा अरु केही गर्दा पनि मिल्दैन खासमा जीवन जिउनु को मजै बेग्लै हुन्छ ।

नपत्याए एक पटक दुखिपिडितहरुको दुखमा मलम लगाएर हेर्नुस त आफै महसुस गर्नु हुने छ ।

सुन्दरताको मापन बाहिरी आखाले होईन भित्री मनको गहिराईबाट हेर्न सकियो भने सबै चिज सधैं सुन्दर देखिन्छन् ।”

उनि भन्छिन :
पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार , हत्या , हिंसाका घटनाहरु दिनहुँ जस्तो घटिरहेका छन् , विशेष गरि दलित समुदायका महिला र बालिकाहरु नै बढी मात्रामा सिकार र हत्या भएको पाइएको छ ।

कालिकोटमा जनप्रतिनिधि महिला मना सार्कीलाई दलित भनी कुटिकुटी मार्नु , कैलालीमा माया बिकलाई सामुहिक बलात्कार गरि जङ्गलमा फालिनु , पोखरा पुम्दिमा श्रेया सुनारलाइ बलत्कार गरि हत्या गर्नु , बिराटनगर ११ बर्सिया गुडिया भन्ने रुममती परियारलाइ बलत्कार गरि मारेर खोलामा फाल्दिनु र फागुन १ गते धनुषाकि ११ बर्सिया रेस्मा रसाइलीलाई बलात्कार गरि जलाएर मारेको घटनाले अनुमान गर्न सकिन्छ कि अधिकास घटना दलित महिला र बालिकामा घटेको छ। संविधान र कानुन बने पनि दलित समुदायलाई हेर्ने दृष्टिकोण र अधिकार र आत्मसम्मान खासै पाएको जस्तो देखिदैन ।

बाकी हेर्नुहोस यो भिडियोमा :