दलित भनेर हेप्ने समाजलाई गीतबाट राजेश कुमार नेपालीले गरे प्रहार :मन्दिरमा दलितले पुजा गर्न नपाउने?भिडियो

कार्यक्रममाम शर्मिला श्रेष्ठ र आजिवन सदस्य राजेश कुमार नेपालीको आवाजमा रहेको गितरास्ट्रीय सभा सदस्य माननीय कोमल ओलि, वरिष्ठ संगीतकार सुरेश अधिकारी, वरिष्ठ संगीतकार महेश खड्का लगायत बिशिस्ट ब्याक्तित्वको हातबाट आजै देखि डिजिटल बजारमा यानकी युटुब मार्फत बिमोचन भएको छ ।

जनचेतनामुलुक लोक दोहरी गित श्रेष्ठ शर्मिलाको युटुब च्यानलबाट रिलिज भएको छ । गीतमा गायिक शर्मिला श्रेष्ठ र राजेश कुमार नेपालीले आवाज भरेका छन । विशुद्ध मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको लोकदोहोरी गितमा अहिलेका युवा प्रेमिप्रेमिकाहरु बीच लाई हेरेर देखेका कुराहरुलाई गित मर्फत उतारेका छ्न ।

लोक बस्ती , ग्रामीण भेगको रहन सहनलाई लोकभाका बाट प्रस्तुत गरेका छन । “पुजा नगर मलाई” बोलको गीत शर्मिल श्रेष्ठको युटुब च्यानल बाट सार्वजनिक गरिएको हो । गितमा स्वर शर्मिला श्रेष्ठ र राजेश कुमार नेपालीको छ भने शब्द पासाङ् कुमार लामाको रहेको छ । रमणीय स्थलमा छायांकन गरिएको गितको भिडियो निर्देशन भने निरेन श्रेष्ठले गरेका हुन ।

गितको सम्पादन रोशन धितालले गरेका छ्न ।गितको क्यामारामेन भने मरुभुमी नारायणले गरेका छ्न भने यस्तै अभिनयमा रस्मी भट्ट, कृष्ण स्वर्णकार, लक्ष्मण बिक्रम बस्नेतको प्रस्तुति देख्न सकिन्छ ।