विप्लवले बिहिबार गरेको बन्दको प्रभाव उपत्यकामा यस्तो

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विहिवार आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको थियो । काठमाडौं अरु दिनको तुलनामा हिजो कम गाडी चलेका थिए ।
आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आव्हान गरेको थियो ।

प्राप्त जानकारीअनुसार बन्दको पूर्वसन्ध्यामा र बिहानै देशका विभिन्न स्थानमा शंकास्पद बस्तु भेटिएका थिए भने कतिपय ठाउँमा विस्फोटको आवाज गुञ्जियो। । बिहानै बुटवलको कालिकाचौकमा बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको थियो । भने गोरखा, पोखरालगायतका ठाउँमा पनि शंकास्पद बस्तु भेटिए।

बन्दका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा सार्वजनिक सवारी चलेनन् । शैक्षिक संस्था, बजार तथा औद्योगिक प्रतिष्ठानमा पनि असर देखिएको थियो।

हेर्नुहोस भिडियो