खै कसरी मुक्तक लेखौँ खुइया आउँन थाल्यो।ताली आउँनु पर्ने ठाउँमा थुइया आउँन थाल्यो| (भिडियो सहित)

स्कटनेपाल,

पूर्ब ईटहरीकी साहित्य सर्जक तथा गायिका गिता भट्टराई साहित्य संसारमा निकै रुची राख्ने गजलकार रचनाकार हुन् । त्यति मात्रै हैन उनी आज भोली गित सगीतको पाटो तिर पनि निकैनै आकर्षित भएको देखिन्छ । पछिल्लो समयमा उनले आफ्नो तिजको सांगीतिक कोसेली “मेरै सिन्दुर..”बजारमा ल्याउँनुभएको थियो र डिजिटल बजारमा उक्त गितले सारै चर्चा कमाएको थियो। उक्त गितमा पत्नीहरुले आफ्ना पतिको निक्कै नै प्रशंसनिय सम्मान गरेको भाव झल्काउने दृश्य भेटिन्छ ।

अलौकिक प्रतिभाकी धनी गायिका गिता भट्टराईले यो गित कुनै पुर्ब योजना बिना नै अकस्मात यस्तो गित बजारमा ल्याउँनुभएको हो।

गायिका गीता भन्नु हुन्छ, मेरो आफ्नै अभिनयमा “बाँच्ने आशा छ….। “बोलको मेरो आधुनिक गीत सुटिङ सम्पन्न भएको छ। केही दिनमा नै यहाँहरुको मन छुने म्युजिक भिडियो प्रस्तुत हुनेछ। धन्यवाद आशिक दाजु लगायत संपूर्ण युनिटलाई भन्दै आफ्नो फेसबुक वालमा पनि अपडेट गर्नु भएको छ ।

गीता भट्टराईका केही मुक्तक गजल हरुले सामाजिक संजालमा निकैनै राम्रो स्थान पाएको देखिन्छ हेर्नुहोस यो भिडियो :

#मुक्तक#
खरानी घसेपछि साँच्चै जोगी भइन्छ।, लिप्ती अधिक कसेपछि भोगी भइन्छ।।, चाहिने भन्दा बढी हजुर!सोच्ने नगरौँ।, नत्र पक्कै मानसिक रोगी भइन्छ।।

#गजल प्रयास#
भिड्छौ भने पाखुरीमा दम भरेर जाऊ।, झाडी झोडी ताक्ने बुद्धि कम गरेर जाऊ।।
तिम्रो लागि सरकारले कानुन बनाउँदैछ।, बलत्कार गर्न पाउँने फर्म भरेर जाऊ।।
निर्मलाका लाईनहरु प्रदेश-प्रदेशमा छन्।, लाइसेन्स बोकी हातमा बियर रम भरेर जाऊ।।
अझैपनि निर्मलाले मानिनछन् भने।, बन्दुकमा बारुद अनि बम भरेर जाऊ।।
हुन्न भने उनले पक्कै शुली चढ्नैपर्छ।, अब तिम्रो चाहनाको ड्रम भरेर जाऊ।।