जनताको गीत गाउने गायक बिष्णु खत्रीले बर्षौ पछि ल्याए अर्को दुनिया रूहाउने गीत,मुना अर्यालको साथमा (भिडियो)

कमल सरगम-काठमान्डौ नेपाली लोक संगीतका एक सिखर व्यक्ति हुन् लोक गायक बिष्णु खत्री।मोफसलमा रहेर पनि आफ्नो छुट्टै पहिचान बनाएकी सञ्चारकर्मी तथा नव गायिका मुना अर्यालको आवाज पहिलो कोशेली पागल हुने गराउछु भर्खर मात्र सार्वजनिक भएको छ ।बिष्णु खत्रीलाई लामो समय देखि दर्शकले खोजिरहेको बेलामा यो रोधनात्मक गीत बजारमा आउदा थप चर्चाको सिखरमा पुग्ने पक्का देखिन्छ।

एक प्रेमी प्रेमिकाको कहानी रहेको उक्त गीतमा लोकप्रिय गायक विष्णु खत्री र मुनाको आवाज रहेको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ।गीत बजारमा आएको छोटो समयमै सबैले रुचाएको बताउने मुनालाई पनि एउटा चुनौती छ यो गीतको लागि।

गीत भित्र सुनिले केसीले शब्द सिर्जना गरेका छन भने गणेश अधिकारीले लय सिर्जना गरेका छन । विपेश घिमिरेको निर्देशन रहेको सो गीतमा विपेश घिमिरे,आशा खड्का,अनुमति नेपाली र सुरेश कौशलको अभिनय रहेको छ भने गीतलाई शुभारम्भ डिजिटलले बजार ब्यवस्थापन गरेका छ ।