पोखराका दुई ठाउँमा बम भेटियो, घटनाबारे कास्कीका सिडियोको यस्तो प्रतिक्रिया (भिडियो)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि माओवादीले आव्हान गरेको बन्दका क्रममा पोखरामा दुई ठाउँमा बम भेटिएको छ । पोखराको सभागृह चोक र लेखनाथ स्थित भण्डारढीकमा बम फेला परेको हो । पोखराको सभागृह चोकको ट्रफिक बिटमा र भण्डारढीकाको रंगशाला नजिकै सकेट बम फेला परेको हो ।
दुबै तर्फको सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । सरकारले प्रतिबन्ध लगानु अगाडी नै सरकारले पक्राउ गरेका कार्यकर्ता रिहाईको माग गर्दै विप्लवको पार्टी नेपाल बन्दको आव्हान गरिएको थियो ।
बन्दका कारण पोखराको मुख्य बजार, उद्योग, कलकारखाना, शैक्षिक सस्था बन्द छन् । लामो तथा छोटो दुरीका यातायात सञ्चालन भएका छ्रैनन् भने केही मात्रामा मुख्य बजारमा निजी यातायात सञ्चालन भएका छन्