परदेशी गायक बनेर चिनिने लोकप्रिय गायक सुर्य खड्का र सिता श्रेष्ठको आवाजमा आयो अर्को कारुणिक गीत “अभागी'(भिडियो)

जापानमा रहेका लोकप्रिय गायक सूर्य खड्का र सम्भावना बोकेकी लोकप्रिय गायिका सिता श्रेष्ठको आवाज रहेको निकै उत्कृष्ट गीत अभागी भर्खर मात्र सार्वजनिक भएको छ ।उत्कृष्ट गीत सिर्जना गर्न माहिर मानिने शिव अखेलीको मुटुनै छुने शब्द सिर्जना रहेको सो गीतमा गायक सुर्य खड्ककै लय सिर्जना रहेको छ ।

शिव अखेलीले सिर्जना गरेका उत्कृष्ट गीतको सुचिमा एउटा अर्को गीत समेत थपिएको छ । जीवन सँग हारेका मायालु जोडीहरुको कथालाई गीतले अत्यन्तै उत्कृष्ट रुपमा उठाएको छ ।गीतको म्युजिक भिडियोक पक्ष समेत त्यतिनै उत्कृष्ट रहेको छ । गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने साया भण्डारी र प्रविण कँडेलको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस सो गीतको पुरै म्युजिक भिडियो