श्रीमानले मरणासन्न हुने गरि कुटपिट गर्यो, बाटो काट्दा कारले हानेर फरार घाइते बिमला बिकको हात नै काटियोl (मार्मिक भिडियो सहित)

सरु सुनार,

बाटो काट्दा कारले हानेर फरार घाइते बिमला बिकको हात नै काटियो । जिन्दगीको यात्रा कति बेला कतातिर मोडिन्छ थाहै नहुनी , जिन्दगीको हिडने बाटोमा कतिबेला थाहै नपाइ ठेस लाग्छ , अनि आधीहुरी चल्छ थाहै नहुनी । कताकता चुइहिएका, फाटेका , सपनाहरुलाइ बुन्न खोज्दाखोज्दै धागो चुडिएर ती सपनाहरु चुडिन्छन् । जिन्दगीमा कति बेला आधीहुरी चल्छ अनि तहसनहस हुन्छ त्यो कसैलाई थाहा नहुने रहेछ, हिजो हासीरहेको मान्छे भोली रोइ रहेको पनि हुनसक्छ। कुने बेला त्यस बिपरीत पनि जान सक्छ जिवन।

सोचे जस्तो एक तवरले जिन्दगी नचल्दो रहेछ। यस्तै भयो बिमला बिकको जिवनमा यस्तो दुर्घटना भयो कि उनको एउटा हात नै गुम्यो। ज्याला मजुदुरी गरेर आफ्नो जिबिकोपार्जन गरीरहेकी बिमलाको जिवनमा एकदिन यति ठुलो घात लाग्दो घटना घट्यो कि जो कोहीले सजिलै कल्पना गर्न सक्दैन। रामेछाप बाट मजदुरी गरेर जिबिकोपार्जका लागी उनी चितवनको एक होटेलमा काम गदै आएकी थिइन ।यस्तै काम गरेर फर्कने क्रममा उनलाई कारले ठक्कर दिएर कार फरार भयो।ज्याला मजदुरी गरेर छाक टार्न हम्मेहम्मे पर्न उनलाई उपचारका लागी आर्थीक अभाब भयो। करीब तिन बर्ष अघि नै श्रिमानले अर्की श्रीमती लिएपछि उनी घर निकाला भएकी थिइन र त्यसै क्रममा उनकी दिदिले उनलाई चितवन लिएर एउटा होटेलमा लिएर काम लगाइदिएकी थिइन। ज्याला मजदुरी गरेर नै जिवन जसरी तसरी गुज्रिरहेका बेला जिवनमा दुर्घटना घट्यो ।

यो भिडियोमा हेर्नुहोला :

त्यसपछिका दिनहरुमा ओठमा हासो आउन सकेन। ज्याला मजदुरी गरेर साझ बिहानको छाक टार्न मजदुरी गर्नको लागी अहिले काम गर्न हात पनि छैन। आफ्न्तकामा जाउ पहिले नै बिरानो भैसके नत जाने कुनै ठाउ नै छ नत आफ्ना कोही छन।बेसाहारा बनिन बिमला एउटा हात गुम्यो उपचार गर्न आर्थीक अभाबका कारण भौतारी रहेकी छन। फाटेका सपनाहरूलाई जिन्दगीको नाम दिनै पनि नसकिने खै भगवान् पनि कसैको लागि कस्तो निर्दयी चोट माथी चोट पीडा माथी पीडा थपिने थाहै नपाइ एक्कासि बज्रपात आउने यो चुहिएको फाटेको सपना थियो २६ बर्सिया रामेछाप निवासी बिमला बिकको बिवाह भए पछि २ छोराको आमा बनिन श्रीमानले अर्को बिवाहा गरे पछि फेरि बिमलाको जिबनमा एउटा अर्को पिडा थपियो भने दुखका दिन त्यही बाट गिन्ती हुन थाल्यो सौता ल्याइसके पछि श्रीमानले कुटने पिटने मात्र होईन ज्यानै लिने सम्मका हर्कत देखाए , मरणासन्न हुने गरि कुटपिट गर्दा पनि न उनलाइ परिवारले नै माया र साथ दियो न त समाजले नै सहानुभूति , आफ्नो ज्यान जोगाउन उनी त्यो घर र समाज छोडेर हिड्न बिबस भइन यहि बिबसताको फाइदा उठाएर महिला दलालले जागिर लगाइदिन्छु भनी इन्डिया लैजादा गर्दा बिरगंजबाट प्रहरीले उद्दार गर्यो ।

बिमलाको दिदि अनु लोहनीले बैनिलाइ चितवन, भरतपुरमा कहिले पोल्टी फार्म , कहिले होटलमा काम खोजिदिइन तर गरिब र बेसहाराको लागि माया , दया भन्दा पनि बिबसताको फाइदा मात्र उठाए साहुले काम गरेको ठाउँमा पैसा नदिनि साहुले थर्काउनी गरे पछि बिमला २ बर्ष देखि चितवन पुरानो मेडिकल कलेजको क्यान्टिनमा ८ हजार मासिकमा भाडा धुने जागिर पाइन काम भाडा धुने भए पनि आफ्नो मासिक कमाइ भने समय मै पाउथिन । बल्ल अलि शान्तीको सास फेर्न थालिन बिमलाले सानो कोठा लिएर बिरक्तिएको एक्लो जिन्दगी भाडा धुदै आफ्नो पीडा र आँसु पसिनाले धुदै समय बिताउन थालिन । खै समय पनि उनकै लागि बिपरित बनिदियो २०७५ माघ १३ गते बिमलाको जिबनमा त्यो दिन अँध्यारो कालो रात बनी आयो । सदा झै काम सकेर ९.३० बजे बेलुका आफ्नो कोठा फर्कदै थिइन बाटो काट्नी क्रममा स्पिडले आएको सेतो रङको कारले चितवन बिरेन्द्र चोकमा ठक्कर दिएर भाग्यो , बिमला सडकमा ढल्न पुगिन , अर्को ट्रक आएर फेरि बिमलालाई किचेर भाग्यो ।

बिचरी बिमला भुइमा रगताम्य भएर ढलिन बिउझिदा अस्पतालको बेडमा थिइन । दिदि अनु लोहोनीले जताततै रिन गरि बैनिको उपचारमा लागिन चितवनबाट काठमाडौ टिचिङ हस्पिटल ल्याइयो र त्यहाबाट पनि सम्भब नभए पछि B&B हस्पिटलमा उपचार कै क्रममा बिमलाको दाहिने हात काट्नु पर्यो । आफ्नो बाच्ने साहारा भनेको हात र खुट्टा थियो हात नै गुमाउनु परे पछि उनको लागि अब कुनै सहारा नै रहेन ।

खुट्टामा चोट लागेर हिड्न नसक्ने भएकी बिमला हात काटिए पछि थप उपचार र खान , बस्न समेत आर्थिक अभाब भएर अहिले बेसहारा बनेकी छिन । ४ लाख भन्दा बढी खर्च रिन खोजेर बैनिको उपचार गरेकी दिदिलाई यत्रो रिन खोजिस बैनिलाइ साथ दिइस् भनी आफ्नो श्रीमानले पनि कुटपिट गरि घर जान दिएका छैनन् । सैघाली अनलाइन टिभीमा अन्तरबार्ता दिदै बिमला बिकले आफुलाइ सहयोग गरिदिन अनुरोध गरेकी छिन। ठक्कर दिने कार अहिले सम्म फरार र चिन्न नसकेको पनि प्रसासनले वास्ता गर्दैन रुदै भन्छिन भरतपुर उपमहानगर पालिकाकी मेयर रेणु दाहालले ३५०० पैतिसय मात्र सहयोग गरेको जानकारी दिइन । आफुलाइ उपचारको लागि सहयोग गरिदिन अनुरोध गरेकी छिन ।। (सैघाली खबर बाट साभार सरु सुनारको सहयोगमा)