विप्लवले मलाई मार्न मान्छे खटाए’ भन्दै प्रचण्डले गरे यस्तो खुलासा (भिडियो सहित)

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेकपाको कारवाही सूचिमा आफु पहिलो नम्वरमा भएको बताएका छन् । राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने ‘सरकारले मलाई दिएको सुचना मान्ने हो भने विप्लव नेकपाले कारवाहीको पहिलो सूचिमा मलाई राखेको छ, तर मलाई उनीहरु प्रति दया जागेको छ ।’

विप्लव नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति असन्तुष्ट रहेका प्रचण्डलाई सरकारले नै कारवाहीको पहिलो सूचिमा भएको सुचना दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर वादलको निर्णयप्रति असन्तुष्टी जनाउँदै आएका प्रचण्डलाई सरकारले नै कारवाहीको पहिलो सूचिमा रहेको जानकारी गराएको छ ।विप्लव नेकपालाई प्रतिबन्ध लगाउने सरकारी निर्णयका विपक्षमा भएपनि प्रचण्डले सार्वजनिक रुपमा भने केही बोलेका थिएनन् । तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।