बाटो काट्नी क्रममा २६ बर्सिया युवतीलाई सेतो कारले ठक्कर दिएर भाग्यो फेरि ट्रकले पनि किचेर भागेछ (भिडियो सहित)

स्कटनेपाल,

संचारकर्मी, दलित महिला अधिकारकर्मी सरु सुनारले एकदमै पिडा दायक एउटा यस्तो घटना सार्बजनिक गर्नु भएको छ आफ्नो फेसबुक वालमा जस्ताको तस्तै तल पढ्नुहोस र भिडियो हेर्नुहोस ।

बाटो काट्नी क्रममा भरतपुर बिरेन्द्र चोकमा २६ बर्सिया बिमला बिकलाई सेतो कारले ठक्कर दिएर भाग्यो फेरि ट्रकले पनि किचेर भागेछ ।

बिचरी आफ्नै जिबनमा धेरै ठगिएकी बिमला बिकलाई अर्को बज्रपात पर्यो । कारको ठक्कर बाट उनी घाइते मात्र भैइन कि दाहिले हात नै काट्नु पर्यो अहिले उपचार को पैसा नभए काठमाडौमा भौतारिएकी छिन गरेर खानी हात पनि काट्नु परे सि अहिले बेसहारा भएकी छिन ।
ठक्कर दिने कार र ट्रकलाई अहिलेसम्म पुलिस प्रसासनले खोज्न सकेको छैन, ती अपराधीहरु मस्त छन् तर निर्दोष यि बहिनिको जिन्दगी नै बर्बाद पारिदिए भाडा माझेर भरपुर एउटा होटलमा काम गरेकी बैनिको अब बाच्ने सहारा हात पनि गुमाउनु पर्यो ।

कसैबाट मेरो नम्बर पाइछिन सरु सुनारले सहयोग गर्छिन रे भनी बिचरा म आफै आउछु भन्दा पनि उनी ट्याक्सी गरि मलाई भेटन आइन ।
अनि हिडन नसक्ने यो अबस्थामा मेरो अफिसमा केही सहयोगको आसा अनि न्यायको आसा बोकि आएकि थिइन बिमला बिक ।

धेरैको न्यायको लागि कलम चलाए मैले आजसम्म कलमको मसिले सबैका दुखका कहानी लेखेकी थिए मैले तर यी बिमला बिकको दुख अनि कहानी यो पीडा मैले कलमले लेख्नै सकिन, किन कि यी दुख र पीडा कलमको मसि निकै बाक्लो हुनि थियो कलमको मसिले बिमलाको दुख लेख्न नमिल्ने थियो ।।
र बिमलाको कहानी मै सबै बिमलाको आसुको मसिले लेखे ,
त्यही बिमलाको आसुको मसिमा मेरो आसुको मसि पनि मिसिन पुग्यो ।

म आफै पनि समालिन सकिन जब भेट भो उनलाइ कोठा फर्काउने बेला ट्याक्सी आउने सम्म म आफै बोकेर पुराए ।

यो कुनै चर्चाको लागि होईन ।
यो अबस्था देखे पछी सहयोग गरिदिनु होला भनेर हो ।
धन्यवाद सरु सुनार
सहयोग गर्न चाहानुहुन्छ भने
9808295062 मलाई सम्पर्क गर्न सक्नु हुने छ