‘भद्रगोल’ का मुख्य कलाकार अर्जुन घिमिरे पाँडेको बिषय चर्को बन्दै

फागुन, काठमाडौं । नेपाल पाण्डे समाजले लोकप्रिय टेलिभिजन सिरियल ‘भद्रगोल’ का मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे)को भूमिकाले पाण्डेहरुको मन दुखाएको भन्दै आपत्ति जनाएको छ ।

भद्रगोलका निर्देशक तथा कालकार पाँडे अर्थात अर्जुन घिमिरेले पाँडे पात्रबाट कसैको मन नदुखाएको बताएका छन् । उनले पाँडे एक पात्र मात्र भएकोले पाण्डे समुदायप्रति लक्षित नभएको बताएका छन् ।

‘पाँडे पात्र बिगत सातबर्ष देखी बिभिन्न तरिकाले दर्शक माझ आइरहेको छ । हाम्रो मनशाय मनोरञ्जन दिने हो, कसैको मन दुखाउने होइन’ अर्जुनले भने । ‘हिजोको दिनमा अन्य सिरियलमा पनि खड्का जी, हरिबहादुर, मदन बहादुर जस्ता र्चिर्चत पात्र थिए, आज पाँडे आयो, यसमा कुनै आपत्ति जनाउनुपर्ने छ जस्तो लाग्दैन’ अर्जुनले थपे ।

मिडिया हव पा.ली.को प्रस्तुतीमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘भद्रगोल’मा पाँडेले समाजमा नपच्ने खालका काम गर्ने गरेको देखाइदै आएको छ । भद्रगोल अर्जुन घिमिरे र कुमार कट्टेलले निर्देशन गर्दै आएका छन् ।