निर्मलाकी आमाले प्रमाण मेटाउने बिरुद्धको जाहेरी सच्चाउन खोजेपछि इन्द्र अर्याल पुगे कन्चनपुर (भिडियो)

काठमाडौँ: नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्र प्रसाद अर्यालले निर्मला पन्तको आमाले प्रहरीले लापरवाही गरेको तर प्रमाण नष्ट गरेको आफूलाई थाहा नभएको भन्दै जाहेरी सच्याउन खोजेको कारण केही अधिकारकर्मीहरुसहित निर्मलाकी आमा दुर्गादेवी पन्तको घरमा पुगेर उनलाई सत्यतथ्यबारे स्मरण गराएको बताएका छन। निर्मला प्रकरणको अनुसन्धानमा प्रमाण नष्ट गरेको भन्दै आठ प्रहरीविरुद्ध निर्मलाकी आमा र दीलिपसिंह विष्टका दाजु खड्ग विष्टले जाहेरी दिएका थिए। सोही जाहेरी अनुसार सरकारी वकिलको कार्यालयले कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएका बम दिदिवहिनीले जिल्ला अदालत कञ्चनपुरमा अर्यालसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको बिषयमा बोल्दै अर्यालले मानव अधिकारको लागि लड्दै गर्दा जीवनमा पहिलोपटक मुद्धा खेप्नुपरेको र अदालतले नै यसबारे फैसला गर्ने बताएका छन। जिल्ला अदालत कञ्चनपुरमा अर्याल सहित ३ जनाविरुद्ध गाली बेज्जईतीविरुद्धको मुद्दा दर्ता भएको थियो ।

अन्तर्वार्तामा कुरा गर्दै अर्यालले पछिल्लो समय सिके राउतसँग सरकारले गरेको सम्झौता स्वागतयोग्य भएको बताउदै अध्यक्ष अर्यालले नेत्रबिक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेकपालाई राजनीतिक प्रतिबन्ध लगाएर सरकारले गल्ति गरेको टिप्पणी गरेका छन। वार्ताबाट समस्याको समाधान गर्नुको साट्टो प्रतिबन्ध लगाउनुमा सरकारको भुल भएको उनले बताएका छन।

हेर्नुहोस भिडियो: