रिसेट गरि नयाँ एन्टीभाइरस राखौ: देश ह्याङ्ग भैसक्यो, दिल निशानी मगर

काठमाडौँ: लेखक दिल निशानी मगरले आफै मुलधारमा नरहेको सरकारले सिके राउतलाई मुलधारमा ल्याउछु भन्नु हास्यास्पद भएको टिप्पणी गरेका छन। स्वतन्त्र मधेस गठबन्धन समूहको नाम दिएर मधेसलाई अलग बनाउन खोज्ने सिके राउत जस्ता बिखन्डनकारीलाई सरकारले बिना कुनै तयारी समर्थन गरेको भन्दै उनले सरकारको आलोचना गरेका हुन्।

अन्तर्वार्तामा कुरा गर्दै मगरले देश ह्याङ्ग भैसकेको र देशलाई रिसेट गरि नयाँ एन्टीभाइरस राख्नुको विकल्प नभएको बताएका छन। सिमा मिचिएको सन्दर्भमा कुरा गर्दै उनी भन्छन, ‘सरकार त के कुनै माइकालालले पनि सिमा विवाद सम्बन्धि मुद्धा उठाउन सक्दैन।’ उनी थप्छन, ‘हाम्रो भुमि १ इन्च तलमाथि भयो भने साबि जनता रगतको खोला बगाउन तयार हुनुपर्छ।’

मेलम्ची खानेपानी आयोजना लगायत बिभिन्न आयोजनामा कृष्णप्रसाद भट्टराई देखि केपी शर्मा ओलीसम्म सबैले बाडीचुडी खाएको उनले आरोप लगाएका छन। शक्तिकेन्द्रमा भएका मानिसले राज्यलाई बुझाउनु पर्ने कर आफ्नो गोजी भर्नको लागि कमिसन लिने गरेको समेत उनले खुलासा गरेका छन। नेपाललाई विकास र सम्बृद्धिको बाटोमा लैजान बाबुराम भट्टराई, प्रचण्ड र रामशरण महत जस्ता नेताहरुको जरुरत रहेको उनले बताएका छन।

हेर्नुहोस भिडियो:

नेपाली अलौकिक प्रख्यात माता सविताले भविष्यबाणीमा सिके रावतलाइ यस्तो भनिन यो भिडियो पनि हेर्नुहोस :