तुल्सी पौडेलको अध्यक्षतामा जीपी कोइराला फाउण्डेशन क्यानडा गठन।

कर्ण अधिकारी । नेपालका पूर्ब प्रधानमन्त्री,शान्तिका नायक एवं नेपाली काँग्रेसका पूर्ब सभापति स्वर्गीय गिरीजा प्रसाद कोईरालाको नाममा जिपी फाउण्डेशन स्थापना भएसंगै यस फाउण्डेशनले सामाजिक र राजनैतिक दुबै क्षेत्रमा गहन जिम्मेवारी बोकी अगाडी बढ्ने लक्ष्य लिएको छ।

प्रजातन्त्र, शान्ति र बिकास भन्ने मूलमन्त्र लिएर स्थापना भएको जिपि कोइराला फाउण्डेशनले नेपाल बाहिर पनि आफ्नो शाखा खोल्न सुरू गरे संगै १ फेब्रुअरी २०१९ मा क्यानडामा रहनु भएका तुलसी पौडेललाई संयोजक तोकेर जिपि कोइराला फाउण्डेशन क्यानडाको स्थापना गर्ने जिम्मेवारी दिए संगै तुल्सी पौडेलको संयोजकत्वमा १५ सदसीय कार्य समिति गठन गरीएको छ।

बौद्धिक ब्यक्तित्व तुल्सी पौडेलसंग विद्वत्व छ, ज्ञान छ अनि उनले पनि जिपि कोइराला फाउण्डेशन क्यानडालाई एउटा बिशेषज्ञहरुले नेतृत्व गरेको सँस्था हुने गरी गठन गरेका छन ।उक्त कमिटीको सल्लाहकारहरु पनि उत्तिकै सम्मानित र बौद्धिक व्यक्तिहरु छन्। प्राध्यापक, वैज्ञानिक, भौतिकशास्त्री, मेडिकल डाक्टर र क्यानडाका वकिलहरु समेत संलग्न रहेका छन् । जिपी फाउण्डेशन क्यानडाले जिपी फाउण्डेशन केन्द्रसंग समन्वय गरी मे महिनामा २६ तारीखका दिन नेपालमा बिज्ञ सम्मेलन गर्ने तयारीमा रहेको छ।

जिपी कोइराला फाउण्डेशन क्यानडाको कार्यसमिति (GPK Canada Executive Leadership Team)
. President-Tulsi Paudel, Er. Gyan Gautam, Sr. Vice President, Outreach & Strategic Planning
. Surya Poudel​​, Vice President-Government Relations & External Affairs
. Niranjan Thapa​, Vice President-Internal Affairs & Advancement
. Samrat Thapa​​, Vice President-Youth Initiatives
. Bidhya Bhusan Karki​, General Secretary
. Ujwal Gautam​ Secretary, Kedar P. Niraula ​Spokesperson, Ananta Acharya, ​Coordinator-AB, Arjun Lammichhane​, Coordinator-SK, Bijaya Bharati​​, Global Engagement, Dr. Bishnu Sharma​, New Initiatives, Dr. Himal Ghimire, ​Research & Development, Dr. Pashupati Paudel​, Coordinator-BC, Jeevan Baral​​, Special Events

जिपि कोइराला फाउण्डेशन क्यानडाका सल्लाहकार परिषद् (GPK Foundation Advisory Council Canada)
Prof Aditya Sharma, Binod Pageni, PhD, Dr Buddhi Sapkota, Dilli R. Paudyal, PhD, Dilli R. Paudyal, PhD, Mr Keshab Dahal, LLM, Mr Ramesh Karki, LLM

जीपी फाउण्डेशन क्यानडा गठन भए पश्चात यस संस्था सामाजिक एवं राजनैतिक दुबै क्षेत्रमा सक्रिय भएर लाग्ने कुराको जानकारी गराउनु हुन्छ फाउण्डेशनका अध्यक्ष तुल्सी पौडेल।नेपालको राजनिति काल खण्डमा सक्रिय हुँदै आएका पौडेल प्रवासमा रहे पनि नेपाली काँग्रेसका हितका लागि आउँदा दिनहरूमा अझै शशक्त रूपमा लाग्ने कुराको पनि प्रतिबद्धता जाहेर गर्नु हुन्छ।