अस्पताल र स्टेडियम निर्माणकोलागि यति ठुलो रकम सहयोग गर्ने समाजसेवीको बारेमा ज्वाला लेख्छिन :

ज्वाला संग्रौला,

आफ्नो परिवारको लागि थोरै खुसी दिन खाडी मुलुक कतारको ४० डिग्रीको घामले पिल्सँदै अनेकौ अप्ठ्यारा , साँघुरा र कठिनाईका गोरेटाहरुमा जीवनलाई डोर्याएर संघर्ष गरिरहेका एक होनहार युवाको नाम हो मिलन थापा जस्लाई सामाजिक संजालमा थोरैलै मात्र चिन्नु हुन्छ।

वहाँ यस्तो ब्यक्ति हुनुहुन्छ कि कहिँ कसैलाई आपत पर्यो , दुख आईलाग्यो, समस्या पर्यो भने म खाडीको श्रमिक हुँ , मेरा हातमा ठेला उठेका छन्, मेरो खुट्टामा चोट लागेको छ, म यति घण्टा खटेर काम गर्छु नभनि हरदम सहयोग गर्न तत्पर रहनु हुन्छ।सहयोग गरेपछि वहाँले मैले यस्तो गरें उस्तो गरें भन्दै सामाजिक सन्जालमा कहिले पनि देखाउनु हुन्न।

निश्वार्थ मनले गरेको सेवामा न नामको जरुरत छ, न मानको न त सम्मानको नै भन्ने वहाँको धारणा छ।”नामको भोंकले भौतारिएर देखाउनकै लागि समाजमा केहि पैसा फ्याँकेर केहि दिनको हिरो बन्नु भन्दा आत्मैदेखि बिना केहि सर्त र बिना केहि स्वार्थ दिन दुखीको उद्दार गर्नुमा नै जीवनको सार्थकता देख्छु म।

“ वहाँ भन्नुहुन्छ!
हालसालै रबि लामिछानेको नेतृत्वमा निर्माण हुन गैरहेको कालिकोट स्थित रास्कोट सामुदायिक अस्पतालको लागि वहाँले १ लाख १० हजार रुपैया, धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको क्रिकेट रंगशालाको लागि १ लाख रुपैंया , Junu Pun Magar दिज्युको सँस्थामा दुखी पिडितहरुको लागि ५० हजार रुपैया र Sujan Limmu सरको अभियानमा ४० हजार सहयोग गर्नु भएको छ। यी त देखिने सहयोग भए।

यस्ता औंलामा गन्न नसकिने थुप्रै थुप्रै सहयोग गरिसक्नु भएका वहाँमा न कुनै अहमता, न कुनै घमण्ड, न कुनै पपुलारिटीको खाँचो नै छ। यो सिंगो समाजसेवाको ठेकेदार मैं हुँ भन्ने केहि देखावटी र घमण्डी महानुभाबहरु हो , समाजसेवा यसरी पनि त हुँदो रहेछ। आफूले आफैंलाई बरिष्ठ भन्नु भन्दा पनि अरुले आफ्नो कामको तारिफ गरेको पो राम्रो त।

वहाँले आजसम्म आफूले आफूलाई म खाडीको श्रमिक , गरिबको छोरो भन्नुहुन्छ, तर म भन्छु हजुर सँसारकै महान् , मनका धनी र बरिष्ठ समाजसेवी हुनुहुन्छ..! युरोप अमेरिका जापानतिर बसेर आफूले गरेको १० हजार सहयोग फेशबुकमा राखेर २० चोटी सेयर गर्ने बरिष्ठ हरुले खाडीको ४० डिग्री तापक्रममा खुल्ला आकाशमुनी बेल्चा हान्ने यी युवाबाट केहि सिक्ने कि?