सिके राउतको जीनमै विदेशी तत्व घुसेको छ : राजनीतिज्ञ पुण्य गौतम (भिडियो)

शान्ति, सुव्यवस्था र देशको सर्वाङ्गिक विकास हुने उद्देश्य राखेर सरकारले सिके राउतसँग सम्झौता गरेको राजनीतिज्ञ पुण्य गौतमले बताएका छन्। मधेशलाई जलाउन हुँदैन र दानवलाई मानव बनाउन सकिन्छ भन्ने प्रयत्न सरकारको रहेको उनको भनाई छ।

सिके राउतको जीन मै विदेशी तत्व भेटिन सक्ने भन्दै उनी नसुध्रिएको बताए। ”पछिल्लो समय तराई परदेशबाट एक्लिदै खुम्चिदै चाउरिएर सम्पात हुँदै गएका थिए राउत, उनलाई जुन शक्तिले पखेटा हाले उनीहरु नै काट्ने तयारीमा थिए। ज्वाई झैँ पालेर फाइभ स्टारमा लन्च डिनर गराएर नेपालबाट तराईलाई अलगाउने, स्वतन्त्र मधेश बनाएर पश्चिमाहरुले चलखेल गर्ने, चीनमाथि प्रहार गर्ने षड्यन्त्रलाई चक्नाचुर पार्न सरकारले यो कदम चालेको हो।’ ,उनले भने।

यो भिडियो पनि हेर्नुहोस :

सिके राउतसँग दुईवटा विकल्प रहेको बताउँदै उनले भने, ‘राउतले देशभक्तिसँग आत्मसमर्पण गर्नुपर्छ, सामाजिक संजालमा उनले हालेको घातक पोस्ट डिलेट गर्छु भन्नुपर्छ र म निर्वाचनमा आउछु, स्वतन्त्रतालाई स्विकारछु भन्ने कम्मिटमेन्ट गर्नुपर्छ।’ उनले थपे, ‘फेरी पनि यस्तै घातक पोस्ट गर्छन, मिडियामा अन्तर्वाता दिन्छन भने र पहिला कै जस्तै अभिव्यक्ति दिन्छन भने अब सरकार हातमा दहि जमाएर बस्दैन।’ थप जानकारीका लागि हेर्नुहोस पुण्य गौतमसँग गरिएको कुराकानी…