दुई बर्ष पहिले अरिंङ्गालहरुले सिके राउतलाई जेल हाल भन्दा हो हो भन्थे, अहिले के भन्छन् होला?

नोट : दुई बर्ष पहिले अरिंङ्गालहरुले सिके राउतलाई जेल हाल भन्दा हो हो भन्थे, अहिले के भन्छन् होला? २ बर्ष अघि लेखक सरगम भट्टराईले लेख्नु भएको लेख फेरी एक पटक पढौ।

– सरगम भट्टराई

संक्रमण कालको फाईदा उठाएर मधेसमा हाका हाकी स्वतन्त्र मधेसको नारा लगाएर भारतमा बसी नेपाल बिरोधी गतिबिधि गरी जनता भड्काउने सि. के. राउत अहिले मधेशमा स्वतन्त्र मधेश भन्दै खुलेयाम सभा गरिरहेका छन्। हिजो देशलाई धर्म, भूगोल र जातजातीको आधारमा बाँड्ने ललीपप देखाएर गरेको राजनीति अहिले आफैलाई अभिसाप सिद्द भईसकेको छ ।

मधेसी जनता शिक्षामा पछाडि छन् त्यसैले कसैले यस्ता बिभाजनका उत्तेजक नारा लगायो भने हँ मा हँ मिलाउँछन् , झट्ट हेर्दा हाम्रै हितमा कुरा गरेको ठान्छन् तर यसको रिमोट कन्ट्रोल अन्तै छ भन्ने कुरो आम मधेशीहरुलाई थाहा छैन । आफ्ना सभामा उपस्थित नभए जे पनि हुन सक्ने भनेर धम्की दिने र दुई चार हजार मान्छे बटुलेर मधेसका जनता स्वतन्त्र मधेश चाहन्छन् भन्नु दिवा सपना मात्र हो ।

संबिधानले मधेसलाई बिभेद गरेको छैन । केही कुराहरु समाबेश भएका छैनन भने समय सन्दर्भ अनुसार शंसोधन हुदै जालान् । नागरिकताको सबालमा मधेसीलाई कड़ाई गर्नुको मतलब तिनै रैथाने मधेशीको हक़ अधिकार सुरक्षित गर्नु हो, राता रात भारतबाट आएर पैसा खर्च गरेर नागरिकता किन्ने वा रैथाने मधेशी को हो भनेर पत्ता लगाउन हो । नागरिकता बजारमा किनिने तरकारी होईन । अहिले वास्तविक मधेशीलाई नागरिकता प्राप्तिका लागि परेको दुखको भागिदार पहाडीहरु होईनन्, भारतीय हरु हुन् ।

सि. के. राउतहरु हो: मधेशी र पहाडी बिच बिभाजन ल्याएर स्वतन्त्र मधेश बनाउछु भन्ने स्यालहुईया बन्द गर । मधेश तिमी र तिमी जस्ता बिखण्डनकारी हरुको नीजि जग्गा होईन , जे मन लाग्यो त्यही गर्ने । मधेश बनाउन हाम्रो पनि रगत पसिना बगेको छ, सक्छौ नेपाल भित्र मधेश अटाउने कुरा गर, होईन भने आफ्नो प्रतिरक्षा गर्न तयार होऊ ।

मधेशी जनतालाई गुमराहमा पार्ने राज्य सत्ता भन्दा बढि तिम्रै मान्छेहरुले हो । शिक्षा, स्वास्थ्य , संचार, यातायात सबै क्षेत्रमा जाने बजेट कामै नगरी कप्लक्क खाने तिम्रै मान्छेहरु हुन् । सामाजिक सुरक्षा भत्तामा मरेका मान्छेको ल्याप्चे ठोकेर खाने तिम्रै दाजुभाइ हुन् , बिकासे परियोजनामा नौ को काम गरेर नब्बे प्रतिशत खाने त्यतैका बाबुहरु हुन् ।

सिमाना तिर अपराध गरेर सिमा पारी आफ्नै घरमा बस्नेहरु त्यतैका हुन् र तिनैको लागि स्वतन्त्र मधेश चाहिएको हो, सिमा पारी अपराध गरेर यता आएर लुक्नेहरुका लागि स्वतन्त्र मधेश चाहिएको हो । गरी खाने मधेशीको भाग तिमी जस्ता सुट र बुट वाला मधेसी भनाउँदा हरुले खाएका हुन् ।

स्वतन्त्र मधेश भनेर जनतालाई डर धाक र धम्की प्रयोग गरेर भारतको प्रायोजनमा जतिसुकै झूठका पुलिन्दाहरु बनाए पनि नेपाल बिनाको मधेशको कपोकल्पित सपना देखाएर सत्ताको भर्यांग चढ्न तिमीहरुले गरेको रस्साकस्सीलाई मधेशी जनताले बुझ्ने छन् ।

स्वतन्त्रताको नाममा आफ्नै आमाको बलात्कार गर्नेलाई अपराध मानिन्छ र सि. के. राउतले त्यही जघन्य अपराध गरेको हो । मधेशमा भएका फेक मधेसीहरुलाई सत्ताको भर्यांग चढाउन यस्ता आन्दोलनहरु बिगतमा पनि भएका हुन्, यदि सरकार छ भने देशकै अस्तित्व माथि धावा बोल्ने यस्ता देश द्रोहीलाई समातेर जेल किन हालिदैन ? आफै फेक पहिचानको नारा बोकेर सत्तामा हाली मुहाली गर्नेले जवाफ दिने कि नदिने ?

मधेशीको शत्रु पहाडिया हो ? यदि होईन भने मधेशको बिकासमा पहाडी समुदायको योगदान छ या छैन ? के सर्लाहीको मलंगवा र रुपन्देहीको भैरहवाको बिकाश स्तर एउटै छ ?

एउटा सत्य कुरा के हो भने केन्द्रीकृत राज्य सत्ताबाट मधेसी हेपिएका होलान्, के कर्णालीका मान्छे हेपिएका छैनन् ? के संबिधान घोलेर खाने चिज हो ? राज्य प्रति नागरिकका पनि दायित्व हुन्छन् तर स्वतन्त्रताको नाममा मधेश अलग राष्ट्र् हुन्छ भन्ने अधिकार सि. के. राउतलाई कस्ले दियो ? सबै पहाडी महिला बेश्या हुन् भनेर भन्ने शाहस यिनीहरुमा कसरी आयो ?

लेखक : सरगम भट्टराई

मधेसी जनता पछि पर्नुमा मधेसकै मसीहा भनाउँदाहरु पहिले ज़िम्मेवार छन् । ती कथित मसिहाहरुको अगाडि साधारण जनता धनुष नुहे जस्तै निहुरिनु पर्ने, निर्णय प्रकृयामा उनकै भनाईमा ताली ठोक्नु पर्ने र बिकास बजेट देखि राज्यका अंगमा हुने सहभागितामा तिनीहरुकै घर परिवारका सदस्य मात्र सहभागी छन् ।

अझ लाज मर्दों कुरा त के भने तिनै सि. के. राउत प्रबृत्तिका मान्छेहरु पहाडी सर्बसत्तावादको बिरोध गर्दै निरन्तर सत्ताकै केन्द्रमा छन् । नागरिकता र सिमांकन जस्ता बिषय अति संबेदनशील बिषयहरु हुन् , यी कुनै अराजक भीडले हौवा पिट्दैमा परिवर्तन हुँदैनन् । अझ यसै बहानालाई लिएर देश नै टुक्रिने अभिब्यक्ति र अहिले चलिरहेको शंसोधनको किचलो बिच गहिरो संबन्ध छ भन्ने कुरो स्वाभिमानी नेपालीले बुझ्नुपर्छ ।
हिजो १०-१५ बर्ष अघि आएर अंगिकृत नागरिकता लिने ज्वाईँ हरुको भन्दा बढि हक ४०-५० बर्ष अघि उही देशकै पहाडबाट आएका पहाडिया र त्यहीँका रैथाने मधेशीको हुनुपर्छ ।

मधेश हाम्रो पनि हो, मधेशी जनतालाई स्वतन्त्र मधेशको हड्डी देखाएर आफ्नो पतनको उद्घाटन कसैले नगरोस । देशमा कानून छ भने देश टुक्र्याउने अभिव्यक्ति दिने सि. के. राउतलाई सरकारले जेल हालोस् , हैन भने सि. के. राउतलाई काखी च्याप्ने जो सुकै दल या सरकारलाई जवाफ जनताले दिनेछन् ।

राष्ट्र र जनताको नाममा सपथ खानेहरुले खुलेयाम देश बिरोधी कुरा बोल्दा कानमा तेल हालेर बस्ने या कारवाही गर्ने ?