११ बुदे सहमति जनकपूर पुगेर सिके राउतले तोडे पछी, युवाले थर्काउदै भने सरकारले सच्याउनैपर्ने कुराहरु यस्तो छ

एच बी ताम्राकार,

सिके राउतले हस्ताक्षर गरेको ११ बुदे सहमतिको जनकपूरमा पुग्ने बितिक्कै धज्जी उड़ाए। यो सिकेको सहमतिको नाउमा “मधेश” लाई छुट्टै देश बनाउने ग्रैण्ड डिजाईन् हो। सहमति गरे जस्तो गर्ने र कार्यकर्ता लाई “Free Madhesh” को नारा बोल्न लगाउने र झण्डा उचाल्न लगाउने दोहोरो भुमिका हो। हाम्रा देशका नेताहरु लाटा देखिएकै हुन् त ? एक सिके राउतको पञ्जामा खेल्न पुगेकै हुन त? कुरा गम्भिर देखियो। सिके रावत जी को काठ्माण्डौमा एउटा अनुहार र तराई झर्ने वितिक्कै दोस्रो देखियो। नेकपा मौन बस्दा नारायण क़ाज़ी श्रेष्ठ र भिम रावलले बिरोध गर्ने साहस गरे। सलाम छ दुवै कमरेडहरुलाई ।

सिके र केपी सरकारसंग २०७५ फागुन २४ गते शुक्रवार ११ बुदे सहमति भयो । जेलबाट बिहिबार निस्किसकेपछी शुक्रवार यो भ्रद्र सहमती गरियो ।सरकारको प्रतिनिधि पात्रकारुपमा गृहमन्त्री समेत रहेका राम बहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेशका संयोजक चन्द्रकान्त रावत ‘सिके’ ले संयुक्त रुपमा सहमति पत्रमा हस्ताक्षर गरे । राजनीतिको मुलधारमा आउने गरि “सवतन्त्र मधेश” को मुद्धालाई अन्त गर्दै सहमिति गरे ।सहमति पछिको गतिविधि हेर्दा सहमतिको पालना भएन ।किन भएन ? जनतालाई भ्रममा पारेर सिकेसंग किन केपी, प्रचण्ड र गृहमन्त्रीले यस्तो सहमति गर्न बाध्य भए । हजारौ प्रश्नहरु चौतरफीबाट उब्जिन थालिसके ।

सरकारले पछिल्लो बिज्ञप्ति निकालेको छैन् । सिकेले कुनैपनि धारणा जनकपूर गए पछाडी दिनुभएको छैन् ।सहमति पत्र काग़ज़मा मात्र सिमित हुन पुग्यो । सरकार का दुई प्रभावकारी नेता भिम रावल र नारायकाजी श्रेष्ठ ले विरोध गरिसके । सरकार र नेकपाका अन्य विश्वास गरेका नेताहरु सहमति र सरकारको बचाउ तिर लागि परेका छन् । अब के हुन्छ ? सहमति तिन मानेनन् सिकेका पक्षधरहरुले । किन सहमति विपरित अपव्याख्या गरियो । ११ बुदे सहमतिमा गम्भिर त्रुटि यस्तो छ ।

१)नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र भएकाले अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो तर फ्री मधेष को झण्डा बोक्दै , मधेश नेपाल होईन् भनियो ।

२) असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं भनियो तर किन सिकेहरुले यसलाई जनमत संग्रह भनेर व्याख्या गरे ।

३)मतभेदहरुको समाधान पनि लोकतान्त्रिक विधिबाटै गरिनुपर्छ भन्ने मान्यतामा दृढ छौं भने तर नेपाल सरकारले सुरक्षा अंग प्रदान गर्दागर्दै पनि बुलेट प्रुफ ज्याकेटधारीहरु कहाबाट आए ।

४) सामाजिक न्याय, समानता र सदभाव हाम्रो साझा उद्धेश्य हो भनियो तर जनकपूरमा ‘फ्री मधेश ‘ भन्दै तिहार मनाउनु नेपाली जनताको भावनामा चोट पुग्यो । कसरी भयो सामाजिक न्याय ?

५) कार्यकर्ताहरुलगायतमाथि लगाइएका राज्य विरुद्धका अपराध फिर्ता लिने भनियो तर कार्यकर्ता ले राज्य विरुद्ध सहमतिपछी पनि लागिपरेका छन् ।

६) पर्चा, पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामग्री आदिलाई भविष्यमा वितरण गरिने छैन भनियो तर सहमति पछी पनि तराईमा वितरण गरिएको देखियो ।

७) संगठित भएर मूलधारको राजनीति गर्न सिके तयार भए तर जनकपूरमा किन बिखण्डनका कुरा गरियो । किन बिभाजनका कुरा गरिए । चुपचाप अभिनन्दन स्वीकार्दै किन सिकेले सहमति उल्लंघन गरे ।

८) नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यद्वारा उचित क्षतिपूर्तिका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने छ भनियो तर सहमतिको पालना नगरेर राज्यविरुद्ध सिकेका कार्यकर्ता लागेको भन्दै जनकपूर मा प्रहरी र सिकेका कार्यकर्ता बिच झड़प हुन पुगेको भए को ज़िम्मेवार हुन्थ्यो । के पून: सहमति हुन्थ्यो ? जवाफ चाहियो ।

९) आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने भनियो तर राज्य विरुद्ध किन पून: आन्दोलन गरियो । किन स्वतन्त्र मधेश ज़िन्दाबाद भनेर भनियो ।

१०) स्वतन्त्र मधेश गठबन्धनलाई एक लोकतान्त्रिक राजनीतिक शक्तिका रुपमा व्यवहार गर्न सहमत किन भए । यो ‘स्वतन्त्र मधेश’ शब्द नै देशद्रोही शब्द हो । के अब स्वतन्त्र पहाड , स्वतन्त्र हिमाल हुने हो ? यो सच्याईयोस् ।

११) यो सहमति २०७५ फागुन २५ गते शुक्रवारका दिनदेखी लागु हुने छ भनियो तर सिके र सिकेका कार्यकर्ता ले लागु गरेनन् अब के हुन्छ सरकार ? जवाफ चाहियो ।

नेपाल कोहिपनि २/४ जनाको होईन् । तिन करोड नेपाली को हो । स्वाभिमान बचाउनकालागि सवैले आआफ्नो तर्फबाट महत्वपूर्ण भुमिका खेलौ । अन्यथा देश हाम्रै आखॉं अगाडी बिभाजित हुनसक्ने ख़तरनाक संकेत र डिज़ाइन् सिके रावतबाट गरिदै छ भन्ने आभास भइरहेको छ । हिजो खुकुरी कै भरमा मेरो देशको भुभाग पूर्खाहरु बचाए । आज खुकुरीसंगै आधुनिक हतियार उठाउनु परेपनि सबै तयार हुनेछौ भन्ने संकल्पसहित उठौँ , जागौ र देशको राष्ट्रीय झण्डामुनी बसेर नेपालको रक्षा गरौ । जय स्वाभिमान , जय चन्द्र सुर्य , जय युवा