भारतिय सांसदको आँखाको पट्टि खुलोस्। सारा नेपालीलाई चौकिदार मात्र देख्ने को हुन् यिनी चेली ?

स्कटनेपाल,

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। सरु सुनारले भारतीय आम आदमी पाटीकी सांसद अल्का लम्बाले सारा नेपालीलाई चौकिदार भनेर ट्वीट गरेकोमा घोर आपत्ती जनाउदै आफ्नो फेसुबुक वाल स्टाटस मार्फत कडा अभिव्यक्ति दिएकी छन्। पढ्नु होस् उनको स्टाटस जस्ताको तस्तै ।

”भारतीय आम आदमी पाटीकी सांसद अल्का लम्बाले हामी सारा नेपालीलाई चौकिदार मात्र पो देखिछिन।, गोर्खाली वीर नेपाली भारत भुमी जोगाउन, भारतका दुस्मन देशसंग लडेर भारत जोगाइदिने कयौं नेपालीले भारतको लागि लड्दा आफ्नो ज्यान गुमाए, हाँसी- हाँसी छातीमा गोलि थाप्ने हामी नेपाली आज तिम्रो देशलाई चाहिने चौकिदार मात्र पो हामी नेपाली?

यदि नेपालीलाई चौकिदार मात्र देख्ने तिम्रा आँखा नेपाली बिना तिम्रो देश बचाएर हेर ?

एउटा देशको माननीय सांसद जस्तो गरिमामय ब्यक्तित्वले अर्को देशको सारा नेपालीलाई होच्याएर , अपमान गरि बोल्ने ?

आफ्नो देशमा प्रधानमन्त्री चुनिदै छ, लोक सेवा चुनाबको नजिक आउदा राम्रो प्रधानमन्त्री चुन्न आवहन गर्दै हाम्रो देशको राम्रो मान्छे भारत मा मात्र हुन्छ , चौकिदार त नेपालबाट पनि मगाउन सकिन्छ भन्नी ?

सामाजिक संजालमा टुइट गरि सिङ्गो हाम्रो प्यारो देश नेपाल र नेपालीको अपमान र बेइज्जत गरेकी छिन?
यो लेखाइमा हाम्रो घोर आपत्ति र बिरोध छ ।
धन्यवाद सरु सुनार”

को हुन् सरु सुनार : उनकै फेसबुक उनकै स्टाटस यसरी बोल्छ :

मलाई मेरो जन्म र मेरो परिवार प्रती गर्व छ , मेरो समुदाय प्रती संमान छ तर मेरो समाज भित्रको एउटा अर्को समाज र समुदाय जसले आफुलाइ ठूलो जात हो भनी अहम र अहंकार देखाउछ त्यही समाजले मलाई जब म आफुलाइ चिन्न पनि नसक्ने उमेर देखि नै अछुत , दलित , सानोजात , तल्लोजात भनी अपमान , बिभेद , छुवाछूत र बहिस्कार गर्यो ,
मेरो स्वतन्त्रता , स्वभिमान , आत्मसंमान , अधिकार गुमाएर बाँच्न बिबश बनायो ।

म यहि सभ्य समाज र सभ्य मानव हु भन्नेहरुको भिडमा आफैले (मानबको) परिचय खोज्दै हिडेको नारी ,
हरेक मानवअधिकार दिबस , हरेक नारी दिबसमा म त आफु मानव हु भन्ने परिचय दिन कोसिस गरेको नारी ,
अन्य नारी सरह ७% दलित भनेर अपमान भोगेका दलित नारीहरुको मानबताको परिचय दिलाउन ” मानव ” हु म भनि मानबताको परिचय देखाउन हिडेको नारी।

खुट्टा तान्दै गर तिमिहरु म त हिन्छु मेरै बाटो ….
हाम्रो मुक्तीको लागि पाइला रोकिने छैन , न त आवज नै,
जल्नेहरु जल्दै गर जले पछि आफै सकिने हो ….!