सरकारले देश द्रोही सिके राउतसंग गरीएको ११ बुदे सहमतिले देश बिखण्डन तिर

कर्ण अधिकारी हाल मकाउ,

चीन।केही दिन अगाडी निकै ताम झामका साथ पृथकताबादी स्वतन्त्र मधेशको नारा लिएर बिगत केही बर्ष देखि बिद्रोह गर्दै आएका सिके राउतलाई जेलबाट छुटकरा दिएकै भोली पल्ट नेपाल सरकारका सम्माननीय प्रम केपी ओली,नेकपाको अध्यक्ष कमरेड प्रचण्ड र सिके राउत बीच नेपाल सरकारको गृहमन्त्री राम बहादुर थापा बादल र सिके राउतले संयुक्त रूपमा हस्ताक्षर गर्दै ११ बुदे सहमति भए संगै नेपालको राजनैतिक माहौलमा सर्मी गर्मी ल्याई दिएको छ। यसरी ११ बुदे सहमति हुनुलाई सरकार पक्षले राम्रो भने पनि नेपालका राजनैतिक बिश्लेषकहरूले भने शंकाको घेराले हेरेको छन्।

सिके राउतलाई राजनितिक मुल धारमा ल्याउन सफल भएको भनी नेकपाले प्रचार प्रसार गरे पनि मधेशमा रहेको एउटा शक्तिलाई प्रसय दिएको प्रष्ट देखिन्छ।सरकार राष्ट्रिय अखण्डताको पक्षमा उभिनु पर्नेमा बिखण्डनकारी सिकेको शरणमा पर्नुले यसलाई राम्रो संकेत मान्न सकिदैन।आज यी कुराले स्वाभिमानी नेपालीहरूको ह्रदयमा चोट लगाउने कार्य भएको छ।प्रम ओलीको सरकारले गरेको यस सहमतिलाई कुनै पनि हालतमा राम्रो मान्न सकिदैन।

संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्बाह गर्दै आई रहेका नेकपाका नेता कमरेड भिम रावलले ११ बुदे सहमतिको खुलेर बिरोध गरेका छन भने काँग्रेस प्रतिपक्षमा रहेर पनि सिके राउत र ११ बुदे सहमतिमा खुलेर बिरोध गर्न नसक्नु दुर्भाग्य पूर्ण कुरा हो।सायद काँग्रेसलाई पनि भबिष्यमा सिके राउतको फ्यानहरूबाट जनमत बटुल्नु छ की के हो ? संसदमा आवाज उठाउने गगन थापा मात्रै हुन त ? यसरी मौन बस्दा समर्थन गरेको बुझिन्छ।

११ बुदे सहमतिको बुदा नं २ मा हामी आफ्ना राजनैतिक सामाजिक आर्थिक लगायत उदेश्यहरू प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौ।नेपालको संबिधानमा प्रयुक्त जनतामा निहित सार्बभौम अधिकारको प्रयोग गर्दै तराई मधेश लगाएत देशका कतिपय स्थानमा रहेका असन्तुष्टीहरूलाई जन अभिमतमा आधारीत लोकतान्त्रिक बिधिबाट समाधान गर्न सहमत भएका छौ भनिएको छ।अरू बुदाहरूमा खासै असन्तुष्टी नरहे पनि यो बुदा नं २ मा चाँहि आम नेपाली जनता सशंकित भएका छन कारण अभिमत भन्ने शब्दले ।

११ बुदे सहमति भएकै भोली पल्ट मधेशमा सिके राउतको पक्षमा नारा जुलुस हुनुका साथै आफुले लड्दै आएको लडाईमा सफलता मिलेको र सरकारले समेत स्वतन्त्र मधेशको बिषयमा सकरात्मक लिएको भन्दै टुइट सम्म गर्न भ्याएका छन।अभिमत भनेकै जनमत संग्रह हो भन्न भ्याएका छन्।यता संसद भवनमा भने गृहमन्त्री बादलेले सरकारको तर्फबाट सफाई दिने प्रयास गरेका छन्।

बिदेशी हस्तक्षेप र बिदेशी चलखेलका कारण रातारात तय गरीएको ११ बुदे सहमतिले सम्माननीय प्रम केपी ओली फेरी पनि चुके भन्ने कुरा नेपालको राजनिति बृतमा सुनिन थालिएको छ।नेपालका अधिकाँश नेताहरू भारत परस्त भएको अबस्थामा यो अबस्था सृजित हुनुमा पक्कै पनि भारतको हात रहेको कुरा नकार्न सकिदैन।भारतीय बुद्धिजीवी एसडी मुनि भन्छन्, सरकार र सीके राउत सम्झौताले ‘स्वतन्त्र मधेस’ लाई मान्यता दियो।

सिके राउतका समर्थकहरूले ठूला ठूला अक्षरमा लेखिएको एशिया माहादेशमा नयाँ थपिएको स्वतन्त्र देश मधेश भन्ने ब्यानर बोकेर नारा जुलुस गरी रहदा नेपाल सरकारको तर्फबाट उल्टै सिके रावतलाई नेपाल सरकारको तर्फबाट अंगरक्षक समेत खटाएको छ।यसरी एउटा देश द्रोहीलाई अंगरक्षक नेपाल प्रहरीका प्र.ना.नि.( सइ )लाई नै खटाएर सुरक्षा दिनु दुर्भाग्य पूर्ण कुरा हो।प्रम केपीले सार्बजनिक स्थानमा चाँहेको खण्डमा सिके राउतलाई मन्त्रीमा समेत न्युक्त गराउन सकिने अभिब्यक्ति दिई सकेका छन् भने नेकपाकै भिम रावलले भने प्रम ओलीको काम कार्बाही प्रति असन्तुष्टी ब्यक्त गरेका छन्।

नेपाल सरकारले सिक्किमको इतिहास किन भुल्दै छ।लेण्डुपे सिकेलाई साथ दिनु पर्ने कारण के ? यस्ता देश द्रोहीलाई त फाँसीको सजाय हुनु पर्नेमा फुलमालाले सम्मान ! अनि टिकापुर हत्या काण्डका योजनाकार भनिएका रेशम चौधरीलाई आजिवन काराबासको सजाय तोकिएको छ।यो एउटा राजनैतिक नौटंकी मात्रै हो।हत्यारा हो भन्ने थाहा हुँदा हुँदै चौधरीलाई प्रतिनिधि सभाको सांसदको टिकट किन दिइयो ? टिकट पाए संगै बहुमतका साथ बिजयी पनि भए कारागारबाट सफत पनि खाए अब आजिबन काराबास पनि सुनाइयो अनि यसलाई नेपाली जनताले नाटक नभनेर के भन्ने।सबै नौटंकी । रेशम चौधरी पनि एक दिन राष्ट्रपतिबाट असल चालचलन भएको भन्दै बालकृष्ण ढुंगेल झै आममाफी पाई छुट्ने छन्।

नेपाल सरकार सिके राउतको बिषयमा अझै गम्भीर भएन भने देश गम्भीर दुर्घटनामा फस्ने छ।नेपाल सरकारले लागु गर्न लागेको नागरीकता बिधेयकले पनि सिके राउतको एजेण्डामा अझै टेवा पुग्ने छ।नेपाल आमा र नेपाल धर्तिलाई थुक्दै तथानाम गाली गर्ने देश द्रोहीलाई सम्मान गरी फुल माला र खाँदा लगाउन पछि परेन नेपाल सरकार ।

अझै बिग्रि सकेको केही छैन यो देश द्रोहीलाई सक्छौ भने जेलमा कोच।यसलाई फुलमालाले होईन कालो मोसो र जुत्ताको माला लगाएर देश परीक्रमा गराउ।देशलाई बिखण्डनबाट बचाउने जिम्मा सरकार र आम नेपाली नागरीकको हो।सार्बभौम सम्पन्न राष्ट्र नेपाल बिश्वमै एक अभुतपूर्ब इतिहास बोकेको राष्ट्र हो । न त हिजो कुनै देशको उपनिवेश बन्यो न त भोली नै बन्ने छ।त्यसैले आफूले आफैलाई गर्ब गर्नु होस सार्बभौम राष्ट्रको जनता हुन पाएकोमा।देश द्रोही र बिखण्डनकारीहरूको बिरूद्धमा आवाज उठाउनु तपाई हामी सबैको दायित्व हो ।

सिके राउतलाई तत्काल जेल हाल्नु पर्छ : बोर्ण बहादुर कार्की, वरिष्ठ अधिबक्ता