क्यालिफोर्निया मा १०९ औ अन्तरराष्ट्रिय नारी दिवस सम्पन्न

अमेरिकाको क्यालिफोर्निया राज्यमा नेपाली महिला विश्व संजाल क्यालिफोर्निया शाखाको आयोजनामा “लैङ्किङ् समानताको लागी समान सोच र व्यवहार: सम्वृदिको आधार” (Think equal, build smart, innovate for change) नाराको साथ १०९ औ अन्तरराष्ट्रिय नारी दिवस गत मार्च ९ को साँझ बर्कली अडल्ट स्कुलमा भव्यताका साथ सम्पन्न भयो।

संस्थाकी अध्यक्ष गिता डंगोलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य अतिथि डा. शोभा हमाल गुरुङ हुनुहुथ्यो। तारा चालिसेको संयोजकत्वमा भएको उक्त नारी दिवसमा बे-एरिका बिभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधी, गान्यमान्य साथै धेरै महिला पुरुषहरुको सहभागिता रहेको थियो। कार्यक्रमको शुरुवातमा संस्थाको आगामी नेतृत्वको लागि हौसला र जिम्मेवारी स्वरुप निवर्तमान् अध्यक्ष सुस्मिता सिजापतीले आफ्नो शिरको ताज नव नियुक्त अध्यक्ष गिता डंगोललाई पहिराई दिईन्। त्यसपछि लगतै नेपाल र अमेरिका दुवै राष्ट्रको राष्ट्रिय गान साथै, संस्थाको कार्यक्रम उद्घाटन गीत “ब्युझौ अब दिदीबैनी हाम्रो ईतिहास कोर्न” लक्ष्मी खरेल र सम्पूर्ण संस्थाको टिमद्वारा स्टेजमा घन्कियो।

उक्त महत्वपूर्ण दिवसमा संस्थापक अध्यक्ष बिष्णु गुरुङ “एकता”, पुर्व अध्यक्ष गीता श्रेष्ठ एवं सुस्मिता सिजापतीको संदेश पछि मुख्य अथिति तथा बिभिन्न वक्तहरुले नारीको बिकास र अधिकारको बारेमा आ-आफ्नो बिचार व्यक्त गर्नु भयो। दोस्रोचरणमा साँस्कृतिक कार्यक्रमले दर्शकहरुलाई मनोरंजन दिने क्रममा चर्चित गायिका नलिना चित्रकारको प्रस्तुतिले कार्यक्रमलाई अझ रोचक बनायो।

अन्तिममा संस्थाकी अध्यक्षबाट कार्यक्रम सफल पार्नु हुने सम्पूर्ण महानुभावहरु प्रति धन्यवाद ज्ञापन गर्दै एनडब्लुजिएन क्यालिफोर्निया शाखाले नारी सशक्तिकरणबाट जनचेतनाको बिकास गरेर धेरै महिला लिडरहरु जन्माउने छन् र देश र समाजको बिकासमा देवा पुग्नेछ भन्ने कुरामा विश्वास राखेको धाराण व्यक्त गर्नु भयो। संस्थाकी महासचिव लक्ष्मी खरेल र सुनिता सापकोटाले उद्घोषक गरेको उक्त अन्तरराष्ट्रिय नारी दिवसको महान संदेशले समाज परिवर्तनमा ठुलो भूमिका खेल्नेछ यसमा कुनै दुईमत छैन।