आँखै रसाउने अपाङग युवाको डकुमेन्ट्री ‘कृष्ण’ सार्वजनिक (डकुमेन्ट्री सहित)

काठमाण्डौ । संचारकर्मी सन्जोग बस्यालको निर्देशन तथा निर्माणमा बनेको डकुमेन्ट्री “कृष्ण” अ स्टोरी अफ सेल्फ डिपेन्डेन्सको युट्युव मार्फत सार्वजनिक गरिएको छ। अपांगता भए पनि बिहान बिहानै पोखराका विभिन्न ठाउ पुगेर पत्रिका बेचेर जिवन गुजारा गर्दै आएका कृष्ण थापाको दैनिकीलाई डकुमेन्ट्रीमा उतारिएको छ ।

निर्देशक बस्याल भन्छन् हरेक दिन विहान पोखराको सडकहरुमा जव मैले कृष्णले पत्रिका बेच्दै गरेको देख्थेँ त्यस पछि मेरो मनमा छुट्टै जोश र जाँगर पलाएर आउँथ्यो र म सोँच्थे एउटा अपाङ्गता भएको युवा त आँफुले सकेको काम गरेर खुसी भएर जिवनलाई सरल रुपमा अगाडि बढाउन सक्छ भने हामी मध्ये कति शारीरिक रुपमा सक्षम भएर पनि जिवन देखि निराश हुन्छौँ ।

कृष्ण डकुमेन्ट्रीको एउटै उद्यश्य यो हो कि आफ्नो काम गरेर बाँच्न जान्यो भने जिवन कति सुन्दर छ । बस्यालले भने कृष्ण अपांग भएर पनि उसले आफ्नो जीवनमा यति खुशि र आत्मसन्तुष्ट भएर रमाइरहेको उ हर कोहिको लागी प्रेरणा बन्न सक्छ भन्ने लागेर मैले बनाउने प्रयास गरे ।

डकुमेन्ट्री कृष्ण कृष्ण अन्तराष्ट्रिय माउन्टेन फिल्म फेस्टीवल रह्युमेन राईट्स फिल्म फेस्टीवलमा पनि प्रदर्शन भैसकेको छ । डकुमेन्ट्रीको सम्पादक जितेश प्रधान, क्यामेरा प्रकाश गुरुङ काश, भाषा दीपक थापा र गनेस पौडेल कोओर्डिनेटरहरु अर्पण तिवारी, शंकर तिवारी, कमल थापा र सुशन घिमिरे छन् । कृपया जति सक्यो धेरै शेयर गरि धेरै मानिस समक्ष पुर्याउँ ।

(भिडियो)