आज पैसा नउठे भोली हुदैन राधिकाको अप्रेसन

कठै ! दैव पनि कति निष्ठुरी ! खाउखाउ लाउलाउ भन्ने उमेरमा छारेरोगले सतायो राधिका राईलाई। उनलाई पनि अरु साथी सरह पढ्न मन थियो होला, साथी भाईसँग खेल्न मन थियो होला, तर उनको रोगको कारणले गर्दा उनले बाल्यकालको त्यो रहर अनि सुखद पललाई समेत मन भित्रै मार्नु पर्यो उनले ।

अहिले उनी २४ वर्ष कि भइन्। बाल्यकाल देखि लागेको यो रोगले उनलाई अहिले सम्म सताइरहेको छ। छारेरोगले उनको साथ स्वासले झैँ आजको दिन सम्म पनि छोडेको छैन।

बाल्यकाल देखि नै राधिका जहाँ बस्यो त्यही पत्तै नपाई एक्कासी ढल्ने गर्थिन्। ज छारे रोगले च्याप्थ्यो तब उनलाई केहि कुराको पनि होस् हुदैनथ्यो। उनी बेहोस हुने, काम्ने, मुखबाट फिज काट्ने गर्थिन्। त्यसैले उनलाई एक्लो छोड्नु भनेको जानी जानी मृत्युको मुखमा धकेली दिनु जस्तै हो। छारे रोग निको पार्न राधिका राइका बुवाआमा मच्छीन्द्र राई र रमला राईले आफुले जानेको बुझेको सबै गरे। तर परिवारको प्रयास सफल हुन सकेन।

त्यस्तै आज भन्दा ५ वर्ष अघि छारे रोगकै कारण ढल्दा दुर्भाग्यवश उनी आगोमा ढल्न पुगिन्। त्यतिबेला उनको दाहिने हातको आधा भाग काट्नु पर्यो। जब हात काटियो उनको जिन्दगी अन्धकारमय बन्यो । एक पटक आगो पानीमा परिसके पछि छारे रोग उपचार गर्दा पनि निको नहुने अन्धविश्वासका कारण उनको परिवारले राधिकाको छारेरोगको उपचार गर्न समेत छोडेका थिए।

राधिकाको दिनचर्या यसरी नै छारेरोग सँग जुध्दै/लड्दै बितिरहेको थियो । १० दिन अघि अचानक उनको जीवनमा फेरी अर्को दु:खद पिडा थपियो । त्यहि छारेरोगले उनी फेरी आगोमा जल्न पुगिन। यो पटक आगोमा पर्दा भने उनले भुवादार ज्याकेट लगाएकी थिइन्। आगोमा जल्दा भुवा समेत जलेर उनको शरीरको अंगमा टासिन पुग्यो।

त्यसबेला घरमा उनी एक्लै थिईन् । उनी जलिरहिन्, चिच्चाई रहिन् तर उनको चित्कार सुन्ने त्यो बेला कोहि भएनन । आमा बुबा आए पछि छोरी आगोमा परेको देखेर आमाबुबाको होसहवास उड्यो । उनी अझै आगोमा नै थिईन्। हत्त न पत्त छोरीलाई उठाएर उनीहरुले धरानस्थित घोपा अस्पताल लगे । घोपा अस्पतालबाट भोलिपल्ट साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा पठाईयो।

त्यतिबेला सम्म उनको भएको आधा हात पनि काट्नु पर्ने अवस्था सृजना भइसकेको थियो । रुँदा रुँदै आँखाको आशु सुक्यो तर दु::ख र पिडा भने अलिकति पनि कम भएन । भाग्यको पनि कस्तो लेखान्त आमाबुवाको सहारा बन्न बसेकी उनको फेरी पनि बाँकी भएको आधा हात पनि काटेर फाल्नु पर्ने अवस्था आयो।

डाक्टरले तत्काल अप्रेसन गर्नुपर्ने बताए पनि पैसाको अभावका कारण आज गर्ने भनिएको अप्रेशन रोकिएको छ। परिवारको सहमतिमा सोमबारको लागि अप्रेसनको मिति सारियो। यदि राधिकाको परिवारले उनको अप्रेशनको लागि सोमबार अगावै पैसा जुटाउन सके भने मात्रै उनको अप्रेसन हुने सम्भव छ अन्यथा उनको उपचार नहुने भएको छ। तपाई हाम्रो धेरथोर सहयोगले कसैको जीवनमा आशाको किरण आउँन सक्छ भने किन सहयोग नगर्ने ? आउनुहोस् सहयोग हात अगाडी बढाउ। कृपया आफुले सकेको सहयोग गरेर राधिका राईको जीवन बचाईदिनु हुन पिएनपी मिडियाको तर्फमार्फत विनम्र अनुरोध गर्दछौ। सहयोग गर्न चाहाने सहयोगी मनले राधिकाको मोबाइल नम्बर ९८२३७०८६२५ मा सम्पर्क गर्न सक्नु हुनेछ।