अर्जुन भण्डारा निर्मलाका निम्ति बाेल्दाबाेल्दै बाेल्न नसक्ने भए , दोषीलाई कारबाही भएन भन्दै परिवार मिडियामा

कञ्चनपुर गोलीकाण्डमा परि घाइते अजुर्न भण्डाराको परिवार थप उपचार खर्चको माग गर्दै गृहमन्त्रालय धाईरहेका छन्। सरकारले घाइते अर्जुनको उपचार निशुल्क गर्ने घोषणा गरे पनि पाउनु पर्ने रकम दिनमा ढिलाई गरेको भन्दै गुनासो पोखेका छन्
सरकारबाट प्राप्त रकमले छोरालाई लाग्ने औषधि पनि किन्न नपुग्ने अर्जुनकी आमाले बताइन। अर्जुन भण्डाराका परिवारले आन्दोलनमा घाइते भएका निर्दोषहरुको पुरा उपचार खर्च सरकारले बेहोर्नु पर्ने देखि निर्मलाका हत्यारा र घाइते बनाउने व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने समेत् माग राखेका छन्।

अर्जुनकी आमा भन्छिन, ”सरकारले दिएको ५० हजारले के हुन्छ ? छोरालाई हेर्न त्यति टाढाबाट आउनुपर्छ जहाँ पानि समेत किनेर खानुपर्छ। आवातजावतमा त्यस्तै समस्या हुन्छ। डाक्टरले पटकपटक घर लानु छोरालाई भनिरहन्छन तर दिसाबपिसाब समेत् गरेको थाहाँ नहुने छोरालाई म कसरी घर लगौ।”

भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा संलग्नलाई कारवाहीको माग गर्दै गरिएको आन्दोलनको क्रममा गत भदौं ७ गते प्रहरीले गोली चलाउँदा अर्जुन घाइते भएका थिए । यतिबेला उनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीले चलाएको राईफलको गोली लागेर उनको दाँया खुट्टाको घुँडामुनि प्लाव परेको थियो । उनले आफ्नो दायाँ खुट्टा नै गुमाउनु पर्यो। यसको साथसाथै उनी कानले सुन्न पनि सक्दैनन् न त बोल्न सक्छन।

आन्दोलनकै क्रममा भदौं ७ गते प्रहरीले गोली चलाउँदा अर्जुनसँगै ५ जना आन्दोलनकारी र २ जना प्रहरी घाइते भएका थिए । प्रहरी भने आन्दोलनकारीको ढुंगा लागेर घाइते भएका थिए ।उक्त गोलीकाण्ड भएको दोस्रो दिन भदौं ८ गते जिल्ला प्रशासन कार्यालय नजिकै प्रहरीले गोली चलाउँदा १४ वर्षीय किशोर शन्नि खुनाको ज्यान गएको थियो । भने दर्जनौ आन्दोलनकारी घाइते भएका थिए । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।