स्व. रबिन्द्रको १३ औं दिनमा मनै रुवाउने श्रद्धाञ्जली गीत, बल्ल खुल्यो यथार्त कुरा (भिडियो सहित)

फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना भएर निधन भएका नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीको १३ औं दिनको अवसर पारेर चर्चित एरेञ्जर तारानाथ आचार्यले श्रद्धाञ्जली गीत बनाएका छन् । पोखराको डिजिटल स्टारका संचालक समेत रहेका आचार्यले रबिन्द्रको सम्झनामा गीत बनाएका हुन् । कास्की क्षेत्र नं. २ का संघीय सांसद समेत रहेका रबिन्द्रको बारेमा अरुले भन्दा पारिवारीक र यतार्थपरक शब्दहरु राखेर गीत तयार पारिएको बताए । ताप्लेजुङमा दुर्घटना हुनु पूर्व घरको गमला समेत फुटेको कुरालाई उनले गीतमा समावेश गरेका छन् ।