गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगत र धड्कनमा छ -गायिका अञ्जना चाम्लिङ

काठमाडौँ :खोटाङ्ग जिल्ला हलेसी सल्ले स्थायी घर भएकी गायिका अञ्जना चाम्लिङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन सफल चर्चित नाम हो। सानै उमेर देखि संगीतमा रुचि राख्ने गायिका अञ्जना बिगत ४ बर्ष देखि संगीतमा सक्रिय भएर लागेकी छन् l विभिन्न मेला महोत्सब देखि स्टेज कार्यक्रम सम्ममा ब्यस्त बन्दै गएकी उनि दर्शक श्रोताहरुको माझ लोकप्रिय समेत बन्दै गएकी छिन l

संगीतको औपचारिक ज्ञान लिएर यस क्षेत्रमा प्रवेश गरेकी उनि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् । करिब २ दर्जन गीतहरु आफ्नो मिठो जादुमय आवाज भरि सकेकी सुन्दरी गायिकाले आफ्ना दर्जनौ गीतहरुको म्युजिक भिडियो समेत सांगीतिक बजार लिएर आइसकेकी छिन । गायिका अञ्जनाका गितहरु मध्य आज मलाई किन किन, चौतारी बरमा, शंका नगरु भन्छु, चोट दिएर गयो जस्ता एक दर्जनभन्दा बढी गितहरू चर्चामा रहेका छन् । बिशेष गरी आधुनिक गीति क्षेत्रमा चर्चित बन्न सफल गायिका अञ्जनामा हर प्रकारका गीत गाउन सक्ने क्षमता छ ।

आफूलाई भबिष्यमा सफल तथा चर्चित गायिका भनेर चिनाउन चाहने यी सुन्दरी गायिका सुन्दर तनसंगै सुन्दर मनकी पनि धनि छिन । सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकी मिठो आवाजको धनि गायिका अञ्जनाले धेरै कार्यक्रममा सम्मान समेत पाइसकेकी छिन ।

उनलाई एक बहुप्रतिभाशाली, भर्सलटाइल गायिका भन्न सकिन्छ। साच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनी भन्छिन् गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।

गायिका अञ्जना भन्छिन् संगीत भनेको हाम्रो सम्पति हो, संगीतलाई बचाई राख्नु अनि संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि पनि हो l