थोरै पैसामा बन्छ सुन्दर आकर्षक र बलियो घर त्यो पनि भुकम्प प्रतिरोधात्मक, हेर्नुस् (भिडियो सहित)

ईटहरी, नेपालमा बिनासकारी भुकम्पले हजारौं घरहरू माटोमा मिल्यो, कयौ मान्छेहरुको मृत्यु भयो । मर्नेको त सम्झना मात्र बाकी रह्यो तर बाचेका लाई बासको अति जरुरी भयो । घर लड्यो जोडेको सामान र सम्पत्ति पनि घर संगै हरायो । बस्ने बासको अत्यावश्यक भएपछि सस्तो, राम्रो र टिकाउ घर संगै भुकम्प प्रतिरोधी घरको बिकल्पको खोजी हुनथाल्यो । खान लाउन त मान्छेको दैनिकी नै थियो तर बस्ने बास ढल्दा बर्षौ बर्षको मेहनत केही सेकेन्डमै तहसनहस भयो । लाखौ करोडौ खर्च गरेर बनाएको घर क्षणभरमै आँखा अगाडि ढल्दा कोहिपनी मन थाम्न सक्दैन । तर, अब यसको बिकल्प पनि छ ।

अन्ततः आयो प्रीफ्याब । युरोप तथा पस्चिमी देशहरूमा यस्ता खाले भुकम्प प्रतिरोधात्मक घरहरु बनाईन्छ । छाना छाउन तथा दिवाल वा पार्टेसनको लागि पनि यो निक्कै उत्तम छ ।

आजभोलि हरेक ब्यक्ति मिनेट मिनेटमा ब्यस्त हुन्छन् । कम समयमा घर निर्माणको बिकल्प पनि हो यस्ता किसिमको घरहरु । सुन्दर, आकर्षक र टिकाउ हुने प्रीफ्याबका घरहरु जाडो मौसममा चिसो नछिर्ने र गर्मी मौसममा तातो नछिर्ने खालको हुन्छ । तपाईले यो किसिमको घर बनाउनु भयो भने भुकम्पबाट जोगिन धेरै सहज छ । किन कि यस्ता घर निर्माणका लागि कम वजन र फलामको स्टकचर प्रयोग गरिएको हुन्छ ।

त्यसैले मानवीय स्वास्थ्यमा पनि ख्याल गर्दै कुनै पनि खाले असर नपर्ने गरि उच्च गुणस्तरीय सामानहरु प्रयोग गरिन्छ । तपाईकै रोजाईको रङ्ग, विभिन्न आकर्षक डिजाईनहरु संगै यस्ता खाले घर बनाउदा अन्य घरहरूको तुलनामा ४० देखि ६० प्रतिशत सम्म तपाईको लागत कम हुन्छ । तपाईं अब सहि निर्णय लिनुस । भुकम्पको कुनै पनि भर हुदैन, जतिबेला पनि आउने सम्भावना हुन्छ । त्यसैले धरान स्टिल फेब्रीकेटरमा गएर प्रीफ्याब बाट भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुस अनि ढुक्क संग बस्नुस र बाच्नुस ।

हेर्नुस् बिस्तृत जानकारी र सम्पर्क सहितको भिडियो