मिस तामाङ काण्डबारे बोले, १२ लाखको यथार्थ यस्तो – भिडियोसहित

भक्तपुर। मिस तामाङ २०१९ को ताज सरिता पाख्रिनले जितेकी छिन् । राजधानीमा शनिबार भएको फाइनल फिनालेमा २३ जना प्रतिस्पर्धीलाईपछि पार्दै पाख्रिनले मिस तामाङको ताज पहिरिएकी हुन् ।
एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजना हुने मिस तामाङको १२ औं संस्करणमा भक्तपुरकी पाख्रिनले ताज हात पारेकी हुन् । उनलाई मिस तामाङ २०१८ की विजेता सिम्रन स्याङ्बोले ताज पर्हियाइ दिएकी थिइन । उनले एक लाख नगद र सिल्बर क्राउन, गिप्ट ह्रयाम्पर पाएकी छिन् ।

फस्ट रनरअप सबिना दोङ, सेकेन्ड रनरअप अप्सरा स्याङ्तान, थर्ड रनरअप कबिता योञ्जन र फोर्थ रनरअप लक्किसा स्याङ्बो भएकि छिन् । उनीहरूले क्रमशं नगद ५० हजार, २५ हजार र क्राउन, गिप्ट हेम्पर पाएका थिए ।

पूर्व कानून राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा व्यवसायी उत्तम ब्लोन, मिस तामाङ २०१२ विजेता एवं नायिका सुमी मोक्तान, सञ्चारकर्मी स्मितु घिसिङ, इक्यान महासचिव शेषराज भट्टराई निर्णायक मण्डलमा थिइन ।

त्यसैगरी समारोहमा नेपाली कांग्रेसका युवा नेता गणेश लामा, सिवी लामा, राजन लामा, श्याम तामाङ, लक्ष्मी घिसिङ, डजेन्द्र बस्नेत, शुसिमकुमार योञ्जन लगायतले विजेतालाई शुभकामना दिएका थिए ।

सो समारोहमा रोज मोक्तान, संजोक योञ्जन, सुसान लामाले सेला संगीत प्रस्तुत गरेका थिए । यस्तै, अमिर दोङ र सुस्मा मोक्तानले रोमाञ्चक नृत्य प्रस्तुत गरेका थिए । हाँस्यकलाकार कुइसाङ रुम्बाले पनि कमेडि नृत्य प्रस्तुत गरेका थिए ।

ताज त जितिन् सरिता लामाले तर उनलाई पुरा जीवन भर नमेटिने नराम्रो दाग लग्यो । उनलाई १२ लाखमा ताज किनेको आरोप लागको छ । यो कुरा कसरी भाइरल भयो त ? आखिर यो कुरा निस्कियो कसरी ? मिस तामाङ सरिताले यसरी दिइन् आफ्नो बयान।

हेर्नुहोस् पुरा भिडियो :