सालीभेना काण्डको नयाँ रहस्य : श्रीमती नभएको मौका छोपी छोरोकै अगाडी भेनाले गरे सालीको बलात्कार

भक्तपुर। २१ औ शताब्दीको यो समयमा प्राविधिक विकासले निकै ठुलो फड्को मारिरहेको छ। पुर्खाहरुले कल्पना समेत नगरेका उउपलब्धि हासिल भएका छन्। चन्द्रमालाई सधै पुज्ने पुर्खालाई त्यहाँ त मानिसले पाइला टेकिसके भन्दा अनौठो मान्छन्। मंगल ग्रहमा बसाईँ सर्ने कुरा सुनाउदा विश्वास गर्दैनन्। आजको दिनमा विधिले धेरै सहजता ल्याएको छ । काम,काजहरु निकै सहज र छिटो भइरहेको छ।

सहजता र सकरात्मक पक्ष सँगसँगै प्रविधिको नकरात्मक पक्षहरु पनि नकार्न मिल्दैन। प्रविधिको नकरात्मक प्रयोगले समय समयमा कयौ काण्डहरु सार्वजनिक भएका छन्। चलनचल्तीको भाषामा सामाजिक सञ्जालमा केही त्यस्ता क्रियाकलाप सार्वजनिक हुँदा त्यसलाई काण्डको संज्ञा दिइन्छ। यसरि नै एक काण्ड पछि अर्को काण्ड निस्किने हो भने नेपाल काण्डै काण्डको देश बन्न बेर छैन।

बलात्कारको घटनाहरु दैनिक जसो समाचारमा सुन्नमा आउछ। यिनै घटना सामाजिक संजालमा अचेल कहिले माइजु भान्जा काण्ड त कहिले साली भेना काण्डको रुपमा सार्वजनिक भईरहेको छ। भोजपुरकी १५ वर्षीय किशोरी पनि आफ्नै भिनाजुद्वारा बलात्कृत भएको खुलासा गरेकी छिन्। यहिँ काण्डलाई साली भेना काण्डको नाम दिइएको छ।

पीडितले गुपचुप बस्ने निर्णय गरिनन्। भेनाले एक्लै भएको समयमा मौका छोपेर आफुलाई गरेको अनैतिक कार्यको उनले पर्दाफास गरिन्। उनले आफ्नो इज्जतमा लागेको दाग मेटाउन नसके पनि न्याय पाउनको लागि भोलिपल्ट नै प्रहरीकोमा उजुरी गरिन्। उनको न्यायको लागि प्रहरीले पीडकलाई हिरासतमा लिइसकेको छ।

बलात्कार गर्ने आफ्नै श्रीमानबारे किशोरीको दीदीले पनि यस घटना स्वीकारेकि छिन्। आफ्नै बहिनीमा खोट होला भनेर उनले बहिनीलाई गाली गर्न समेत भ्याइन्। तर कुरा बुझ्दै जाँदा आफ्नो श्रीमानको नै यस्तो दानव रुप देखेर उनी छक्क परिन्। उनले अरुबेला पनि अन्जान युवतीहरु घरमा ल्याएर यस्तो अनैतिक ब्यबहार गर्ने गरेको बताइन्।

बाँकी हेर्नुहोस् भिडियोमा