भिम रावल ओली बिरुद्ध खनिए ; सरकार र पार्टीबिरुद्द संघर्ष गर्ने चेतावनी (भिडियो)

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री भीम रावलले सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे सहमतिप्रति आपत्ति जनाएका छन्।
शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र गठबन्धनका संयोजक सीके राउतले हस्ताक्षर गरेको सहमतिमा आपत्तिजनक कुरा उल्लेख गरिएको र देश टुक्राउने अभिव्यक्ति दिएका राउतले सो अभिव्यक्ति नसच्याएको तथा माफी नमागेको भन्दै रावलले विरोध गरेका हुन्।

रावलले ट्वीटर सहमतिपत्रमा दुई देशबीच हुने सम्झौताको भाषामा किन गरियो भन्दै गम्भीर प्रश्न उठाएका छन्। विगतमा सीके राउतले देश टुक्राउने भनि गरिएका कुरा गलत थिए पनि नभनिएको गुनासो गर्दै रावलले यस्तो नभनिनुको रहस्यको विषय भएको बताए।

रावलले लेखेका छन्, ‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो? देश टुक्राउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कही पनि देश टुक्राउने भनि गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनि नभनिनु को रहस्य खोजौं।’

देश टुक्र्याउनेलाई कडा चेतावनी सहित यसरी जबाफ मागे एक युवाले ?सबैले हेर्नुहोला