संसारकै महान सासु बलात्कृत बुहारीले न्याय पाएपछि खुसी हुँदै मिडियामा

काठमाडौं: सोह्र महिना पहिले ललितपुरको गौदामचौरमा भएको सामुहिक बलात्कार र हत्या प्रयाससम्बन्धी घट्नाबाट पीडित बनेकी विवाहित महिलाको सासुले न्यायको अनुभूति पाएको बताएकी छिन् । आरोपीहरु विशालध्वज कार्की, रघु सिलवाल र पवन कुँवरलाई जिल्ला अदालत ललितपुरले दोषी ठहर गर्दै सामुहिक बलात्कारको अपराधमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय तोकेसंगै पिडित परिवारले राहतको महशुश गरेको छ ।

अदालतको फैसलाले थोरै राहत दिएतापनि पीडितको व्यवहारिक जीवन भने तहसनहस भइसकेको छ । अपराधको शीकार हुनुभन्दा पहिलेको घर समेत उपचारमा लागेको १२ लाखभन्दा बढी ऋणले आत्तिएर बेचेको पिडितको सासुले बताइन। त्यो घटनाले जीवनमा पहिलो पटक डेरावाल भएर बस्नुपरेको उनले बताइन । उनी भन्छिन, ‘हामी परिवारका लागि बुहारीको स्वास्थ्य नै महत्वपूर्ण छ ।’

२ मंसिर २०७४ मा माइतबाट घर र्फकदै गर्दा अपराधको शीकार बनेकी महिला भोलिपल्ट विहान तोरीबारीमा बेहोस अवस्थामा फेला परेकी थिइन् । बलात्कारी समूहको ढुंगा प्रहारबाट उनको टाउको र हात छियाछिया बनेका थिए । सघन उपचार कक्षमा एक हप्ता उपचार गरेपछि होस खुलेकी उनी महिना दिनपछि दोहोरो कुरा गर्न सक्ने भएकी थिइन । उनको आँखा, कान र हातको घाउ अझै निको भइसकेको छैन । हातको अप्रेसन फेरि गर्नुपर्ने भएको छ । परिवारलाई मासिक उपचार खर्च जुटाउन समेत धौधौ छ ।

हेर्नुहोस भिडियो :