नारी नारी समान हुनु पर्छ नेपालमा एउटा दलित नारी माथिको घटनालाई अन्य नारीले नारीको मुद्दा होइन भनी बेवास्ता गर्ने मानसिकता बदल्नु पर्छ

सरु सुनार,

१०९ औं अन्तरास्ट्रिय नारी दिबसको सुभकामना। महिलाहरुको समस्या समग्र रास्ट्रको समस्या हो , महिला माथी हुने श्रम शोषण , समान ज्याला, महिलाहरु माथी हुने बिभिन्न खालका हिंसा , अधिकारको विरुद्ध धेरै साहसिक महिलाहरुको सम्झना मनाइने दिन या दिबस (आज मार्च ८)

विशेष त 1911 मार्च ८ मा महिला कामदार माथि हुने बिभेदको विरुद्ध बुलन्द आवज देशमा आवज उठाइ बिद्रोहको उद्धघोष गर्ने महिला मुक्ती आन्दोलनकि प्रणयता क्लारा जेट्किनलाई आज सम्झदै र बिश्व भरी मनाइने अन्तरास्ट्रिय नारी दिबसको सुभकामना …।

नेपालको सन्दर्भ र परिपेक्षमा केही फरक छ महिला माथी हुने लैङ्िगकता र श्रम माथिका शोषण त छदै छ , तर त्यो बिभेद त सबै महिलाले भोगेका छन् तर नेपालको जनसंख्याको ७% जनसख्या भएका दलित महिलाहरुलाई अहिले पनि जातीय छुवाछूत र विभेद जस्तो कुप्रथा, कुसंस्कारलाई धर्म , काम , सिपसग जोडि दिनहु जस्तो पानी छोइएको निहुँमा , मन्दिर प्रबेस गरेको निहुँमा होस् या अन्य सार्वजनिक ठाउँमा होस् दलित महिलाहरु हिंसाको सिकार भैरहेका छन् !

जबसम्म नेपाली समाजमा रहेका सबै महिलाहरुले बराबर हक अधिकार पाउदैनन् , चाहे त्यो राज्यसत्ता होस् या स्थानीय निकाय होस् त्यहा कुनै जातको कारण देखाइ पछाडि पारी अन्य महिला सरह अधिकार र अबसर दिइदैन , संमानको आखाबाट हेर्न सकिँदैन नेपालमा नारी मुक्ती आन्दोलनको सार्थकता हुदैन र एकदिनको महिला दिबसले छुदैन ।

त्यसैले अब नेपाली नारी अनि दलित समुदायको नारी क्लारा जेटकिन बन्नु सक्नु पर्छ जातीय बिभेदको टीका थुपारी दलित नारी माथी गरिने छुवाछूत र बिभेदको विरुद्ध अब खुलेर बिरोध गर्न सक्नु पर्छ ।
त्यसैले बिरोध गरौ , प्रतिकार गरौ , नारी नारी समान हुनु पर्छ नेपालमा एउटा दलित नारी माथिको घटनालाई अन्य नारीले नारीको मुद्दा होइन भनी बेवास्ता गर्ने मानसिकता बदल्नु पर्छ ।।

मार्च ८ नारीले हक अधिकारको लागि बिद्रोह गरेको दिबस हो ।
त्यसैले मेरो लागि खास छ म बन्न सकु क्लारा जेट्किन ताकि मेरा दिदिबहिनी माथी गरेका हिंसा विरुद्ध एउटा ज्वाला बनेर दन्किन सकु ।
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दिदिबहिनी , दाजुभाइमा नारी दिबसको सुभकामना ।

( सरु सुनार)

नारि दिवस बिशेष बेलायत बाट चेलीको आवाज पनि हेर्नुहोला