श्रीमतीले थाहा पाउने डरले नेताले आफ्नै प्रेमीका मारेर नदीमा फाले, यस्ता छन् सिके राउतका बुलेट प्रुफ बडी गार्ड (भिडियो)

मोरङ बेलबारीकी २६ वर्षीया युवतीको हत्या आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङ पक्राउ परेका छन् ।
बेलवारी नगरपालिका-४ की रमिला राईको हत्या गरी शव बेपत्ता बनाएको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । राई फागुन १७ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको थियो ।
राईको हत्या गरी शव सप्तकोशीमा फालेको खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । पक्राउ परेका गुरुङले युवतीलाई कोठामै हत्या गरी गाडीमा शव लगेर सप्तकोशीमा फालेको स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ ।
मुलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सीके राउतले सहमतिको उलंघन गरेका छन् । सीकेका कार्यकर्ताहरुले उनकै अगाडि स्वतन्त्र मधेसको नारा लगाउँदा पनि उनले केही भनेनन् ।
जबकी, सरकारसँग गरेको सहमतिमा यसअघिका स्वतन्त्र मधेसको नारा छोड्ने, झण्डा, प्रचार सामाग्री, अनलाइन सामाग्री सबै प्रयोग नगर्ने, आइन्दा उत्पादन नगर्ने सहमति भएको थियो ।
तर, आइतबार जनकपुर पुगेका राउतको स्वातमा गएका कार्यकर्ताहरुले स्वतन्त्र मधेसको ब्यानर मात्र प्रयोग गरेनन् ‘मधेश देश लेके रहेंगे’ जस्ता नारावाजी पनि गरेका छन् । राउतले र्‍यालीमा स्वतन्त्र मधेसको झण्डा प्रयोग गर्नुका साथै ‘सुरक्षागार्ड’ पनि प्रदर्शन गरेका छन् । उनीहरुले बुलेट प्रुफजस्तो देखिने ज्याकेट लगाएका थिए भने कालो चश्मा र माक्स लगाएर अनुहार छोपेका थिए ।