नेपाल टुक्र्याउछु भन्ने सिके राउत बिरुद्ध रमेश प्रसाईंको कडा प्रहार, हरेक नेपालीले हेर्ने पर्ने भिडियो (भिडियो सहित)

झापा । सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिका केहि बुँदा प्रति तिव्र विरोध भएको छ । ११ बुँदे सहमतिमा प्रयोग गरिएको ‘जनअभित’शब्द बारे अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ।सिके राउतले सरकार स्वतन्त्र मधेसका लागि जनमत सँग्रह गर्न तयार भएको भनेर प्रचार थालेपछि सत्तारुढ नेकपाकै नेता झस्किएका छन् । उक्त कुराबारे प्रस्ट पार्न प्रधानमन्त्री ओलीमाथि चौतर्फी दबाब सिर्जना भएको छ ।

राउतसँग गरेको सहमतिले राष्ट्रिय हितमा कुनै पनि बेला आघात पुर्‍याउन सक्ने नेकपाका नेता भीम रावलले बताए । राउतले हिजो आफूले गरेको विखण्डनकारी गतिविधि अब नगर्ने प्रतिवद्धता नजनाएको र सहमतिलाई जनमत संग्रह गर्ने समझदारीका रुपमा ब्याख्या गरेपछि नेता रावलले गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।उनले आफ्नै पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यास्पद तर्क गरेको पनि आरोप लगाए। उनले भने, ‘भोलि कसैले नेपाल समाप्त पार्टी गठन गर्यो भने सरकारले सहमति गर्ने तरु यो तर्क नै गलत हो।’