छोराको उपचारमा सबै सम्पत्ति सकियो ! ६ महिनामा ११ लाख ऋण, तिर्न जागिर छैन व्यवसाय छैन, दर्दानक पिडा !

कास्कीको मादि गाउँपालिकाका रविन अधिकारी र इन्दिरा अधिकारीले ६ महिना अघि छोरालाई जन्म दिए । न्वारन गरे अनि प्रतिक अधिकारी नाम राखे तर उनिहरुलाई सन्तान प्राप्त हुदाँको खुसी अनुभव हुन नपाउदै फेरी दुखका दिन सुरु भए । प्रतिकको पिसाबमा समस्या भयो । विगत ६ महिनादेखि उनिहरु प्रतिकको उपचारका लागि कहिले काठ्माण्डौ, पोखरा दौडिरहेका छन् । ६ महिनामा करीब ११ लाख खर्च भैसकेको रविनको भनाई रहेको छ । उनले ११ लाखमा पनि अधिकांश ऋण रहेको बताएका छन् । अब पनि प्रतिकको उपचारका लागि धेरै खर्च हुने र आफुहरुसंग आर्थिक समस्या परेको भन्दै रविन दम्पितीले छोराको जिवनरक्षाको लागि सहयोगको अपिल गरेका छन् । उनले भने – शिक्षण अस्पतालको डाक्टरले १ वर्षपछि मात्र अप्रेसन गर्न मिल्छ भन्नुभएको छ, हामीसंग पैसा छैन, पैसाकै कारण छोरा गुम्छकी डर लागिरहेको छ ।

प्रतिकको अहिले मृगौला मुन्तिर २ वटा प्वाल पारेर पिसाब बगिरहने बनाइएको छ । उनको मुत्रनलीको अप्रेसन गर्नुपर्ने डाक्टरले भनेको रविनले बताएका छन् ।

रविनले आफु सहयोगका लागि स्थानिय, प्रदेश र केन्द्र सरकार मात्रै होइन हरेक नेताको ढोकासम्म पुगिसकेका छन् । तर उनले आश्वासन त कता हो कता छोराको उपचारको लागि सहयोग गर्न सकिन्न भन्ने रुखो बचन मात्र पाएका छन् । उनलाई आज सरकार र नेताले जनतालाई भोट बैंकको रुपमा लिएको आभाष भएको छ । उनि भन्छन् – कहिले काँही त राष्ट्रपतिको अगाडी लगेर छोड्दीउँ झैँ लाग्छ ।
रविन आफु एसएलसी मात्र पास गरेको भएपछि इन्दिराले ब्याचलर पास गरेकी छन् । उनिहरुको आसा कसैले रोजगार दिए त्यहि पैसाले छोराको उपचार गर्ने रहेको छ । उनै रविन र इन्दिरासंग हामीले कुराकानी गरेका छौँ ।

आउनुहोस हेरौँ यो कुराकानी ।