चैत्र २ गते काठमाडौँमा हुदै तेस्रो ग्लोबल नेपाली फिल्म अवार्डको समापन कार्यक्रम

काठमाडौँ : आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम यहि आउदो चैत्र २ गते काठमाडौँमा हुने भएको छ l संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा जनवरी ५ तारिख २०१९ मा अवार्ड आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो l बिगत ३ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्दै आएको आयोजक सस्थाका अधक्ष्य नबराज श्रेष्ठले बताएका छन् ।

‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारा लिएर अघि बढेको ग्लोबल नेपाली फिल्म अवार्डले प्राबिधिक कारणले अवार्ड कार्यक्रममा भाग लिन अमेरिका जान नपाएका तर अवार्ड पाएका चलचित्रकर्मी, संचारकर्मी तथा स्पोन्सरहरुलाई अवार्ड तथा सम्मान हस्तान्तरण गर्ने हेतुले आउदो चैत्र २ गते काठमाडौँमा चर्चित चलचित्रकर्मी, कलाकर्मी तथा संचारकर्मीहरुको बीच समापन कार्यक्रम राखी अवार्ड वितरण तथा उक्त अवार्ड कार्यक्रमको समिक्षा समेत गर्ने कुरा नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन् ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रवद्र्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्डको नेपाल संयोजक तथा नेपाल फिल्म सोसाइटीका मदुकुमार श्रेष्ठले अबगत गराएका छन् ।

नेपाल फिल्म सोसाईटी तथा ग्लोबल नेपाली फिल्म अवार्डले संयुक्त रुपमा आयोजना गरेको यस अवार्ड कार्यक्रम आउदो दिनहरुमा विश्वभरनै आयोजना गर्ने योजना रहेको ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य नबराज श्रेष्ठले बताएका छन् l
उक्त समापन कार्यक्रमको लागि अमेरिका बाट ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य नबराज श्रेष्ठ समेत नेपाल आईसकेका तथा समापन कार्यक्रमलाइ भब्य बनाउनको लागि सम्पूर्ण तयारि भईसकेको कुरा ग्लोबल नेपाली फिल्म अवार्डका महासचिब शान्त कुमार श्रेष्ठले जानकारी गराएका छन ।