सलिन अभिनित यात्रामा रिमेक गरिएको ‘चट्ट’ रुमाल’ गित हटाउ भन्दै कस्ले र किन गरे गालि ?

ईटहरी/ पछिल्लो समय नेपालि फिल्ममा पुराना हिट फिल्मका अजम्बरी गीतहरुलाई रिमेक गरेर राख्ने ट्रेन्ट सुरु भएको छ । केहि अघि विर बिक्रम २ मा समाबेश गरिएको देउता फिल्मको ‘पिरतीको मिठो तिर्सना’ गीतलाई रिमेक गरिएर सार्बजनिक गरियो । जसले यतिबेला निक्कै वाहवाही पाईरहेको छ । यता केहि दिन अघि मात्र सलिनमान अभिनित यात्रा फिल्ममा समाबेश गरिएको ‘चट्ट रुमाल क्या मालु’ लाई पनि रिमेक गरिएको भिडियो गीत सार्बजनिक गरियो । जुन गीत पुरानो फिल्म आफ्नो मान्छेमा समाबेश गरिएको थियो । तर यो गीतले भने यतिबेला गालि र आलोचना मात्र बढि पाएको छ । अब हामि गीतमा कसले कस्तो प्रतिक्रिया दिएका छन् ? जस्ताको तस्तै प्रस्तुत गर्दैछौ ।


युट्युबमा सार्बजनिक गरेपछि यसमा आएको नकारात्मक प्रतिक्रियाले अब फिल्म यात्राको प्रदर्शन यात्रामा चाहि कस्तो उपलब्धि हासिल गर्ला भन्ने खुल्दुली बढेको छ । सलिनमान बनिया अभिनित यो दोश्रो फिल्म हो । पहिलो फ़िल्मबाटै स्टार एक्टरको ट्याग भिरेका सलिनको दोश्रो फिल्मको गीतमा आएको यस्ता प्रतिक्रियाले उनको सिने करियरमा पनि असर परेको बुझ्न सकिन्छ । ‘चट्ट रुमाल’मा सञ्चारकर्मी बाबुराम दाहालको शब्द, शम्भुजित बास्कोटाको संगित र शम्भुजित र साधना सरगमको आवाज रहेको थियो भने रिमेक गरिएको यो गीतमा धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । यो गीतको नकारात्मक प्रतिक्रियामा सलिनको धेरै आलोचना त छैन तर यस गीतका गायक धर्मेन्द्र सेवानालाई भने दर्शक श्रोताले खुलेरै आलोचना गरेका छन् ।

संगै मेलिना राई पनि आलोचित हुनबाट बाचेकी छैनन् । धेरैले पुरानो गीतलाई बिगारेको भन्दै युट्युबबाट यो गीत हटाउन भनेका छन । गीतमा सकारात्मक प्रतिक्रिया पनि नआएका भने हैन तर, आएका नकारात्मक प्रतिक्रियाले सकारात्मकलाई पाखा लगाएको छ । पुरानो गीतको भिडियोमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहले नृत्य गरेका थिए । गीतले छुट्टै इमेज बनाइसकेको थियो । तर रिमेकमा दर्शकहरुले गायिका मेलिना राईको स्वर मिठो भए पनि गायक धर्वेन्द्र सेवानको स्वर नभएको, कोरियोग्राफी र कलाकारहरुको नृत्य पनि राम्रो नभएको प्रतिक्रिया दिएका छन् । रिमेकमा नायक सलिनमान सलोन बस्नेत, डेब्यु नायिका मलिका महत ,जान्हवि बस्नेत लगायत कलाकारको फिर्चड रहेको छ । यो गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।