पोखरामा अर्को दुःखद् घटना, लेकसाईडमा भिषण आगलागी, दमकलले समेत निभाउन गाह्रो (भिडियो)

शुक्रबार राती करिब ९ः१५ बजे पोखराको लेकसाईडमा आगो लाग्यो । करिब ६ वटा घर तथा पसलमा आगलागी हुदा करोडौंको क्षती भएको छ । हल्लनचोक स्थित क्रेजी बर्गर जुसबाट सुरु भएको आगलागी फैलिएर बर्गर सहित क्लब ९९ समेत ध्वस्त भएका छन् ।
बर्गर सहित क्लव ९९, माछापुच्छ्रे तन्दुरी, निड्र्स ट्राभल्स एण्ड टुर्स र अमिन सनराईज ह्याण्डिक्राफ्ट पोखरा माउन्टेन वाईकमा आगलागी हुदा करोडौंको क्षति भएको स्थानिय सारदा परियारले बताइन् आगलागीबाट बर्गर सहित,क्लव ९९ पूर्ण रुपमा जलेको छ भने अन्य पसलमा समेत ठुलो क्षति भएको छ ।
पोखरा माउन्टेन वाईकी संचालक समेत रहेकी परियारले आफ्नो पसलमा मात्र करिब २ करोड बराबरको क्षती भएर्को बताइन् । क्लव ९९ मा विगत ४ बर्ष अघि समेत आगलागी भएको स्मरण गर्दै उनले पसलहरुमा पुर्वसावधानि अपनाउन नसक्दा एक पसलबाट लागेको आगो सल्कदै ६ वटा पसलसम्म जलेर ठुलो क्षती पुगेको उनले बताइन्। बर्गर पसलमा ग्यास सिलिन्डर परिवर्तन गर्ने बेलामा चुलो सँग जडित पाइप फुटेर आगलागी भएको उनले बताइन ।
आगलागीबाट ग्याँस सिलिण्डर समेत पट्कन पुग्दा आगोले उग्र रुप लिएको स्थानियले जनाए । ठुलो आवाजमा उक्त सिलिण्डर ग्याँस पड्केसंगै आगोको मुस्लो निस्केको र समयमै वरीपरीका सवै जना बाहिर निस्कन सफल हुदा मानविय क्षति भने हुन नपाएको स्थानिय प्रमोेद भण्डारीले बताए । घटना भएको २५ मिनेट पछि मात्र दमकल आएको तर दमकलमा भएको पानीले समेत निभाउन सकेन, पानी सकियो दमकल फर्कियो ।