नारीलाइ मलमुत्र खुवाएर मारिएको लासको फोटो बोकेर प्रधानमन्त्रिकै अगाडी पुगिन नारी दिवसकै दिन सरु (भिडीयो सहित)

स्कटनेपाल,
संचारकर्मी दलित महिला अधिकारकर्मी सरु सुनार नारी दिबसको अबसरमा सबै भन्दा अन्यायमा परेका दलित नारी हुन् भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईन यो जानकारी उनको फेसबुक लाइव र स्टाटस अनुसार सामाजिक संजाल मार्फत सार्बजनिक गरेकी छिन उनि लेख्छिन :

नारी दिबसको अबसरमा सबै भन्दा अन्यायमा परेका दलित नारी हुन् भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, १०९ औं अन्तरास्ट्रिय नारी दिबसको मार्च ८ को अबसरमा सरु सुनारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी ध्यानाकर्षण पत्र बुझाएकी छु ।

नेपाली समाजमा अन्धबिस्वास , कुसंस्कार , कुरुति र प्रथा पंरम्पराका रूपमा रहेका बोक्सी , छाउपडी , छुवाछूत , जातीय बिभेदका घटनाहरु अधिकांश दलित महिलाहरु माथी घट्ने र सबैभन्दा पीडित नेपाली समाजमा दलित महिला हुन ।

पछिल्लो घटनाको डाटा अनुसार तीन जना महिला बलात्कार एक जना दलित महिला परेको र ३ जना बालिका बलात्कारबाट हत्या हुँदा एकजना दलित बालिका परेको भन्दै अपराधीको मनोबल पनि दलित समुदाय माथी प्रबल देखिएको र दलित महिलाका घटना दलितहरुका सवाल बन्ने अरुबाट सहयोग नपाएकोमा सारै दुख लाग्छ ।

आज नारी दिबस मनाइरहदा बोक्सिको आरोपमा मारिएको काभ्रेको लक्ष्मी परियार , रामेछापको सरिता दर्जीलाई दुइजना धामीले डामेको फोटो र फागुन १२ गते काठमाडौ कै भिमसेनथानमा बोक्सीको आरोपमा कुटिएकी रस्मि उपरकोटी ( मिजारको ) फोटो प्रधानमन्त्रीलाई देखाउदै यस्ता घटनामा दलित महिला बढी शिकार भएको भनी अपराधीलाई सख्त कारवाहीको माग गरेकी छु ।

हेर्नुहोस भिडियो :