मागी गुम्बा संस्थाको सातौं बार्षिक साधारण सभा सम्पन्न

रौतहट जिल्लाको गैंडाटारमा नेपालकै सबैभन्दा अग्लो बौद्ध स्तुपाको निर्माण हुने भएको छ । सम्पूर्ण आवश्यक चरणहरू पूरा गरी निर्माणाधिन अवस्थामा रहेको मागी गुम्बा नामक संस्थाले मिति २०७५/०९/२७ गते सातौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । १३ जना सदस्य संख्या रहेको उक्त संस्थाबारे जानकारी दिंदै संस्थाका सचिव तथा स्तूपा निर्माण अभियानका संयोजक श्री ज्ञानबहादुर लामाले साधारण सभाको बैठकले नयाँ कार्य समिति चुनिएको बताउनुभयो ।

चुनिएका नयाँ कार्य समितिका पदाधिकारीहरुले स्तुपा निर्माण अभियानमा महत्वपूर्ण भूमिका खेल्नेछन् । साधारण सभाबाट मनोनित हुनुभएका नयाँ कार्य समितिहरुमध्ये अध्यक्ष श्री छोईसाङ तामाङ रहनुभएको छ भने बरिष्ठ उपाध्याक्षमा श्री गजलाल बाँस्कोटा ज्यू रहनुभएको छ । त्यसैगरी उपाध्यक्ष श्री लाल बहादुर ढोङ, सचिव श्री ज्ञान बहादुर तामाङ,सह सचिव श्री कमल मोक्ताङ,कोषाध्यक्ष श्री मायारानी लामा, सदस्य श्री दीपशिखा शर्मा,सदस्य श्री शुक बहादुर तामाङ,सदस्य श्री श्याम गोतामे रहेका छन् भने बाँकी रहेका रिक्त पदहरु परिपूर्ती गरिने छ ।

आगामी बैसाखमा शिलान्यास गरिने उक्त स्तुपाको लागि संस्थाका सचिव तथा आर्थिक अभियान समितिका संयोजक श्री ज्ञानबहादुर तामाङले आर्थिक सहयोगको लागि सबैलाई आव्हाहन गर्नुभएको छ । बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहर बौद्ध स्तूपा निर्माणजस्तो पवित्र कार्यमा सहभागी भई स्तूपा निर्माणको सहयोगार्थ सम्पूर्ण धर्मालम्बी,समाजसेवी,बुद्धिजीवी बर्ग एवं सामाजिक अभियन्तालाई पनि हार्दिक अपिल गरिएको छ ।

आयोजना अवधि ५ बर्ष रहेको बौद्ध स्तुपा स्थलको कुल क्षेत्रफल १० बिघा (६.६०) हेक्टर रहेको छ भने स्तुपाले मात्र ओगट्ने क्षेत्रफल २.३३ हेक्टर रहेको छ । बौद्ध स्तुपास्थलको स्तुपा निर्माणको लागिमात्र लाग्ने खर्च २ अर्ब ५० करोड रहेको छ । अन्य पूर्वाधारहरू निर्माणका लागि लाग्ने कुल खर्च रु. २ अरब ५० करोड रहेको छ । कुल लागत ५ अरब रहेको उक्त आयोजनाको अवधि ५ वर्षको हुनेछ ।