कसरी आए सिके राउत सहमतीमा, यस्तो थियो बास्तबिक योजना (भिडियो)

सिके राउत सरकार बीच ११ बँदामा सहमती हुँदा त्यसले नेपाली राजनीतिमा एक किसिमको तरंग पैदा गरेको छ । बिगतमा मधेगा राज्य नेपाल बाट टुक्रिएको भन्दै सिके राउतले मधेशको छुट्टै झण्डा र राष्ट्रिय गान समेत बनाएको भन्ने कुराहरु बाहिर आउँदा राज्यले उनलाई धेरै पटक पक्राउ गर्यो र अदालतले छुटाउन आग्रह गर्दै गयो । शुत्रबार राजधानीमा एक कार्यक्रमका बीच सरकार र सिके राउत बीच सहमती पत्रमा हस्ताक्षर समेत भयो । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच संघीय लोकतान्त्रिक स्वतन्त्र, स्वाधीन सार्वभौमसत्ता अभिभाज्य राष्ट्र हो भन्ने स्वीकार गर्ने सहमति भएको छ । तराइ मधेसमा देखिएका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने सहमति पनि भएको छ । त्यस्तै स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्ताले यसअघि प्रचार प्रशारका क्रममा बाँडेका किताब, प्रचार र झण्डालाई भविष्यमा कारबाहीको विषय नबनाउने र आगामी दिनमा यस्ता प्रचार सामग्री वितरण नगर्ने पनि सहमति भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आफ्नो नाम लुटेरा समुह राख्न भनेका छन् ।
स्वतन्त्र मधेश गठबन्धनसँगको वार्ता कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव समुहलाई कम्युनिष्ट नाम राखेर गुण्डागर्दी नगर्न आग्रह गरे । बिप्लवले कम्युनिष्टको नाममा लुटेर खाएको आरोप लागए । विप्लव नेतृत्वलाई इंकित गर्दै उनले भने, ‘आफूले पनि नेकपा भन्नु परेको छ, त्यस्ताले पनि नेकपा भनेका छन् ।’ उनले अब बिप्लवको समाधानको लागी सरकार अगाडि बढ्ने समेत बताए ।