पत्रकार ऋषि धमलाले ठाडै भने ?खोइ सरकार निर्मलाको हत्यारा?नारी दिवसमा सांसद देखि नेताहरु सम्मको खैलाबैला-भिडियो

नेकपाकी सांसद शान्ता चौधरीले अधिकार प्राप्तीका हिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताइन् । महिला संघर्षको उपलब्धि स्वरुप प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

निर्मला पन्तको बलात्कारीलाई सरकारले लुकायो भन्ने आरोप प्रति चौधरीले गम्भीर आपत्ती जनाइन् । पछिल्लो समय निर्मला प्रकरण नै सरकारको प्रमुख मुद्धा भएको दावी गर्दै उनले यो सरकारले बलात्कारी लुकायो भन्नेहरु दुईतिहाई सरकारदेखि डराउनेहरु मात्रै भएको तर्क गरिन् ।

निर्मला प्रकरणबारे संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले पटक पटक जवाफ दिइसकेको र प्रहरी प्रशासनले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको चौधरीले बताइन् ।

‘यो देशमा निर्मलाको मात्रै बलात्कार भएको छ र ? निर्मला जस्ता धेरैले हिंसा बेहोर्नु परेको छ । अरुको विषयमा नबोल्ने? किन निर्मलाको विषयामामात्रै बोल्ने ?’ उनले प्रश्न गरिन् ।