१० बर्षिया बोल्न नसक्ने छोरीको मुख थुनेर बलात्कार गरी हत्या !

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर मगरटोलकी ११ वर्षिया रेश्मा रसाइलीको गत फागुन २ गते बलात्कारपछि आगोमा जलाएर निर्मम हत्या भएको थियो। राम्ररी बोल्न पनि नसक्ने ती अबोध बालिकाको शव आधा जलेको अवस्थामा नजिकैको उखुबारीमा भेटियो।

हत्या आरोपमा प्रहरीले धनुषाको बटेश्वर गाउँपालिका-४ बेंगारी टोलका २२ वर्षीय निरज जर्घा मगरलाई पक्राउ गरेको हो। गंगा रसाइली गाउँमा भएको बिहे भोजमा सहभागी हुन् गएकी थिइन्। त्यसैबेला आरोपीले बालिकालाई चकलेट र फ्रुटि खान दिने लोभ देखाएर उखुबारी लगेर बलात्कार गरि उखुबारीमा जलाई हत्या गरिएको अभियुक्त ले खुलासा गरेका छन्।

यद्यपी, रेश्माको सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका परिवारजनको रहेको छ। छिमेकीको अनुसार, हत्या हेर्दा एक जनाको हात भएको जस्तो नदेखिने तर अभियुक्तले भने बयानमा आफु एक्लैले घटना घटाएको बयान दिएका छन। यतिबेला स्थानीय बासिन्दा निकै आक्रोशित मुद्रामा छन्। प्रहरीले हत्याको जरासम्म नपुगेको उनीहरुको आरोप छ। बाँकी हेर्नुहोस भिडियोमा….

हेर्नुहोस भिडियो :